काठमाडौँ । नेपाल इन्स्योरेन्स डिस्कोर्ष नामक अन्तरकृया कार्यक्रम अर्थमन्त्री डा. प्रकाश शरण महतले आफूले बीमा नै नगराएको खुलासा गरेका छन् ।
मंगलबार कार्यक्रममा सम्बोधन गरेपश्चात् सहजकर्ताको तपाईले जीवन बीमा गर्नु भएको छ ? भन्ने जिज्ञासाको प्रतिकृयामा अहिलेसम्म विपत्ती आइनपरेकोले र अब पनि नपर्ला भन्ने मान्यताले बीमा नगरेको जवाफ दिएका छन् ।
‘अहिलेसम्म विपत्ती परेको छैन, अब पनि नपर्ला भन्ने मान्यताले बीमा गरेको छैन । सहजकर्ताको जिज्ञासाको प्रतिकृयामा अर्थमन्त्री महतले भने,‘चलि राछ, मलाई अहिलेसम्म केही भाछैन।’
सम्बोधन गर्ने क्रममा उनले आफूसँग जीवन बीमा र सम्पत्ती बीमा दुबै नभएको पनि दाबी गरे । ‘मेरै पनि बीमा छैन । घरको पनि मेरो पहिला माओवादीले द्वन्द्वकालमा आगो लगाई दियो, क्षति व्यहोरे, मैले सरकारसँग क्षतिपूर्ती मागिन, बीमा पनि थिएन ,’ उनले थपे ।
उनले बीमा जति धेरैले गर्छन् बीमा कम्पनीको लागत उति न्यून हुने तथ्य प्रति ध्यानाकर्षण गराउँदै बीमकलाई दाबी दिने मामिलामा कडिकडाउ गर्ने भन्दा पनि सहजीकरण गर्नेतर्फ लाग्न सुझाव दिए । त्यसो गर्न सकेमा बीमाको विश्वसनीयता र भोल्युम दुबै बढ्न जाने धारणा राखे ।
प्रतिक्रिया