वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा

अर्थलगानी
२०८० भाद्र २२, शुक्रबार

काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को बीमालेखको बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर)मा बीमितहरुले न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । त्यस्तै, कम्पीनीले सावधिक जीवन बीमा योजना (एकल)मा अधिकतम प्रतिहजार ४३ रुपैयाँ देखि न्युनतम ३५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

यसैगरी, कम्पनीले ट्रिपल सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३०रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँ, सावधिक तथा आजीवन बीमालेखमा प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार ३२ रुपैयाँदेखि ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९रुपैयाँदेखि २१ रुपैयाँ सम्म बोनसदर कायम गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर)मा बीमितहरुले न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । त्यस्तै, कम्पीनीले सावधिक जीवन बीमा योजना (एकल)मा अधिकतम प्रतिहजार ४३ रुपैयाँ देखि न्युनतम ३५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । यसैगरी, कम्पनीले ट्रिपल सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३०रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँ, सावधिक तथा आजीवन बीमालेखमा प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार ३२ रुपैयाँदेखि ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९रुपैयाँदेखि २१ रुपैयाँ सम्म बोनसदर कायम गरेको छ ।