काठमाडौँ। मंगलबार बिहानदेखि फेसबुक, थ्रेड्स लगायत मेटाका प्लेटफर्ममा समाचारका लिंकहरू शेयर गर्दा फिचर फोटो नदेखिने समस्या आएको छ।
मेटाले वेबसाइटको एसईओ डेटा नलिएकाहरुलाई फिचस फोटोको सुविद्या उपलब्ध नगराएको जानकारहरुले अनुमान गरेका छन।
कुनै पनि लिङ्क डिबग गर्दा त्यसमा ‘अननोन इमेज इन्काउन्टर’ को समस्या देखाइरहेको छ। मेटाकै तर्फबाट नेपाल, भारत लगायतका देशमा यस्तो समस्या आएको हुनसक्ने केही डेभलपरहरूले आशंका रहेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्मका लिङ्क शेयर गर्दा पनि त्यस्तै समस्या देखिरहेको छ । केहीमा भने फोटो नदेखिने, लिङ्क मात्र देखिने समस्या छ। यस्तो हुनुको वास्तविक कारण भने बाहिरिएको छैन।
फेसबुक सपोर्टमा कुरा गर्दा सिस्टम अपडेट भइरहेको प्रतिक्रिया पाएको एक डेभलपरले सुनाए। तर कुनै कुनै वेबसाइटका लिंकहरूमा भने यस्तो समस्या देखिएको छैन।
प्रतिक्रिया