वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माथिल्लो मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० आश्विन २२, सोमबार

काठमाडौँ। माथिल्लो मैलुङ खोलाको आइपीओमा आजसम्म मात्रै आवेदन दिन पाईन्छ। लगानीकर्ताले आज सोमबार असोज २२ गतेसम्म मात्रै आवेदन दिन पाउने भएका हुन।

कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको छ। यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ ल्याएको हो।

यसर्थ, १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९ २०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ। कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ ।

सीडीएसका अनुसार यसमा असोज २१ गते साँझ ५ः०७ बजेसम्म ९ लाख ५७ हजार ७१६ जना आवेदकले १ करोड ७ लाख ६८ हजार १६० कित्ताको लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा ८.३८ गुणा बढी आवेदन हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। माथिल्लो मैलुङ खोलाको आइपीओमा आजसम्म मात्रै आवेदन दिन पाईन्छ। लगानीकर्ताले आज सोमबार असोज २२ गतेसम्म मात्रै आवेदन दिन पाउने भएका हुन। कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको छ। यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ ल्याएको हो। यसर्थ, १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९ २०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ। कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ । सीडीएसका अनुसार यसमा असोज २१ गते साँझ ५ः०७ बजेसम्म ९ लाख ५७ हजार ७१६ जना आवेदकले १ करोड ७ लाख ६८ हजार १६० कित्ताको लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा ८.३८ गुणा बढी आवेदन हो।