वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने तयारी

अर्थलगानी
२०८१ श्रावण २४, बिहीबार

काठमाडौँ । इन्द्रेणी मसरुम फर्मले च्याउ उत्पादनमा आइपीओ निष्कासन गर्ने घोषणा गरेको छ। मकवानपुरको थाहा नगरपालिका–१ स्थित चित्लाङ्गमा केहि वर्षदेखि व्यवसायिक रुपमा च्याउ उत्पादन गर्दै आएको कम्पनीले आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरिय च्याउ उत्पादन गरिरहेको छ।

कम्पनीले १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी दैनिक ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आएको छ। यसबाट प्राप्त हुने आम्दानीले च्याउको व्यवसायलाई विस्तार गरी चित्लाङ्ग र हेटौंडाबाट दैनिक २,५०० केजी उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

हालसम्म कम्पनीले १४ करोड रुपैयाँ लगानी जुटाइसकेको छ र आइपीओ निष्कासन मार्फत थप पूँजी संकलन गर्ने तयारीमा रहेको छ। यसले च्याउ उत्पादनको लागतमा कमी ल्याउने, कोल्ड स्टोर र प्रयोगशाला निर्माण गर्ने, तथा च्याउका अन्य उत्पादनहरु जस्तै सुकुटी, गुन्द्रुक, अचार, र सूप उत्पादन गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अध्यक्षले नेपाल सरकारबाट उचित अनुदान नपाउनु, कच्चा पदार्थको अभाव, र छिमेकी देशबाट भित्रिने च्याउको प्रतिस्पर्धा जस्ता चुनौतीहरु रहेको बताए। उनले कृषि सम्बन्धी नीतिमा सुधार गरी अनुदान प्रक्रियालाई तीव्रता दिन सरकारसँग आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी