काठमाडौँ । अखिल नेपाल किसान महासंघ कास्कि जिल्ला समन्वय समिति गठन भएको छ ।
नेकपा एकिकृत समाजबादीका स्थायी कमिटि सदस्य तुल बाहादुर गुरुङको प्रमुख आतिथ्यमा उक्त कार्यकममा सम्पन्न भएको हो ।
त्यस्तै स्थायी कमिटि सदस्य चुडामणि जंगली तथा किसान महासंघ उपाध्यक्ष एवम् पार्टी पोलिटब्युरो सदस्य नाथ बरालले बिशेष अतिथिको मन्तब्य दिएका थिए ।
प्रदेश कमिटि सदस्य तिलक पुन जिल्ला कमिटि सचिवालय सदस्य राम प्रसाद अधिकारि, जिल्ला कमिटि सदस्य काशिनाथ अधिकारि ,महानगर कमिटि उपाध्यक्ष प्रेम पुन र सचिव सुसिल बस्नेतले पनि कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा सम्पुर्ण उपस्थितलाइ स्वागत किसान महासंघ राष्ट्रिय समिति सदस्य मुक्ति बरालले गरेका हुन् । भेलाले काशिनाथ अधिकारी अध्यक्ष रहेको ४१सदस्यिय कमिटि गठन गरेको छ ।
भुवनेस्वर सुबेदिको अध्यक्षतामा भएको कमिटी गठन कार्यक्रमको सन्चालन कास्की जिल्ला कमिटि सचिबालय सदस्य तथा किसान महासघ राष्ट्रिय समिति सदस्य कमरेड दुर्गा सुबेदिले गरेका थिए ।
उक्त कार्यक्रमले नवनिर्वाचित अध्यक्षको संयोजकत्वमा अखिल नेपाल किसान महासंघको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटि समेत गठन गरेको छ । साथै भेलाले कृषि क्षेत्रको समाजवादी रुपान्तरण र साना किसान केन्द्रीत दिगो कृषिको बारेमा छलफल गर्नुका साथै यस सम्बन्धमा सुस्पष्ट दृष्टिकोण नेकपा एकीकृत समाजवादीसँग मात्र भएकोले खाद्य सम्प्रभुताको कार्यान्वयन मार्फत कृषि क्षेत्रको समाजवादी रुपान्तरण गर्न पार्टीका उम्मेदवारहरुलाई स्थानीय तहको निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराउन आह्वान समेत गरे ।
प्रतिक्रिया