वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साहित्यकार लक्ष्मीलोचना वैद्यको ऋतु विमोचन

अर्थलगानी
२०८१ फाल्गुन २५, आईतवार

काठमाडौँ। साहित्यकार लक्ष्मी लोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ सार्वजनीक भएको छ। शनिबार राजधानीको भक्तपुरमा एक कार्यक्रमकाबीच यो कृति सार्वजनीक भएको हो। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुईटेलको उपस्थितिमा सामाजिक कथामा आधारित उपन्यास ‘ऋतु’ विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।

सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमानश्रेष्ठ, वरिष्ठ लघु कथाकार ध्रुवमधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा नाट्यकर्मी महासंघका उपाध्यक्ष राम के ए सी,बुक्स हिमालय पब्लिकेशनका म्यानेजिङ डाइरेक्टर रोमन शाक्य र म्यार्केटिङ म्यानेजर यज्ञश्वर जोशी सहितप्रा.डा. लुईटेलले संयुक्त रुपमा बैद्यको नयाँ कृति ‘ऋतु’ विमोचन गरिएको हो ।

भक्तपुर दरवार क्षेत्रमा रहेको ख्वःप छेँ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार मधिकर्मीले स्वागत मन्तव्य दिएका थिए भने राम के ए सीले पुस्तक माथि चर्चा गरेका थिए । बुक्स हिमालय सानेपा ललितपुरद्वारा प्रकाशित ३७८ पृष्ठको पुस्तकको मूल्य ६५० रुपैयाँ राखिएको छ । लक्ष्मी लोचना वैद्यको ‘ऋतु’ दोस्रो कृति हो । यसअघि ‘नेपाली नाटकको रुपरेखा–२०७४’ नामक पुस्तक प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी