काठमाडौँ । १२ वर्षअघि सामान्य किराना पसलबाट व्यवसाय सुरु गरेका गुल्मीका एक किसान आज सफल उद्यमीको उपमा पाएका छन् । उनको अनवरत व्यवसायिक संघर्ष आज प्रेरणादायी कथामा परिणत भएको छ ।
गुल्मीको मालिका गाउँपालिका, घमिरमा सामान्य परिवारमा जन्मिएका तेजेन्द्र अर्यालले १० कक्षा सम्मको अध्ययन गरे । गुल्मी, लोक सेवा पास गर्ने जमातको प्रसिद्ध ठाउँ । पढ्ने बेलामा जागिरे मनस्थिति नहुनु गुल्मीवासी बिरलै भेटिन्छन । जागिरे मनस्थितिलाई बिस्थापित गरेर सफल व्यवसायी बन्नुमा उनको योगदान प्रेरणादायी मात्र नभएर उनको कथा गुल्मीवासीको लागि जिउने मार्ग पनि साबित भएको छ । आज हामि यस अंकमा उनै अर्याल ९जो स्थानीय स्तरमा मासिने नामले प्रख्यात छन् ० को कथा प्रस्तुत गर्दै छौँ ।
सामान्य किराना पसलबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका तेजेन्द्र अर्याल अहिले व्यवसायिक दौरानमा फड्को मार्दै सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन् । आज भन्दा १२ वर्षअघि गुल्मीको मालिका गाउँपालिकामा (घमिर) एक सानो किराना पसलबाट व्यवसायिक यात्रा सुरु गरेका अर्यालको आज धेरै व्यवसायहरु छन् । किराना पसललाई ब्यबस्थित गर्दै अगाडी बढेका उनको व्यवसायिक यात्रामा अहिले होटल, पोल्ट्री फार्म र ढुवानीका लागि गाडी समेत छ । ४(५ बर्ष बिदेशमा बसेर संकलन गरेको ज्ञान, सिप र क्षमतालाई उनले आफ्नो स्थानीय स्तरमा नै लगाएर अगाडी बढ्ने संकल्प बुने । उनले ब्यबस्थित व्यवसाय गर्न चाहिने मूल कुरालाई सिकेर आएको अर्थलगानीलाई बताउदै यसैमा भविष्य बनाउने अठोट व्यक्त गरे ।
किराना पसलमा दैनिक उपभोग्य सामाग्रीको बिग्री वितरण गर्दै आएका उनलाई मौसम अनुसारको ताजा फलफुल तथा तरकारी स्थानीय स्तरबाट सहरसम्म पुर्याउन मन लाग्यो । गाउँको ताजा तरकारी शहरसम्म पुर्याउन थालेका उनले शहरबारे माछामासु गाउँसम्म ल्याए । उनले घर(घरमै लगेर आफ्नो उत्पादनलाई बिक्रि वितरण गर्न थाले । ‘मैले बिदेशमा होम डेलिभरीको ब्यवस्थाले ब्यापारमा भएको उन्नति नजिकबाट नियाल्न पाएको थिए । सोहि कुरा गाउँमा लागु गरे ।’ उनले भने, ‘त्यसले आफ्नो ब्यापार ब्यबस्थित र ग्राहकले सुबिधा पाएको महशुस गरेर मेरो ब्यापार दुई गुणा बढ्यो ।’
उनको एक पछि अर्को व्यवसायिक सफलतासँगै होटल व्यवसायमा लगानी गरे । उनको होटेलले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आयो । उनले गाउँ घरमा उत्पादन भएको मौलिक फलफुल तरकारी तथा दुग्धबाट बनेका परिकारको वासनाले पर्यटकलाई लोभ्याउँ सफल भए । शान्त मनोरम बाताबरणमा संचालन गरेको उनको होटल ब्यबशायमा आगन्तुक पाहुनाहरुले मनोरम दृश्यको अवलोकन समेत गर्न पाउछन । सदरमुकामबाट आउने पाहुनालाई सात बार सात परिकार बनाएर खुवाउने उनको होटलको लोकप्रियता काठमाडौँसम्म छ । उनको होटेल व्यवसायले आन्तरिक र बाह्य पर्यटकलाई उत्कृष्ट सेवा प्रदान गर्दै नेपाली संस्कृति र परम्परालाई नजिकबाट अनुभव गराउने अवसर दिएको छ। उनको होटलमा खाना तथा नास्ता खान आउने पर्यटकले नेपाली संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाउँछन् । उनको यो व्यवसायमा उनकी श्रीमतीको ठुलो हात छ ।
अर्यालले भैंसी र बाख्रा पालन लगायत पोल्ट्री फार्मको व्यवसाय पनि गर्दै आएका छन् । यसले गाउँका अन्य कृषकहरूलाई पनि कृषि प्रति प्रेरित गरेको छ ।
उनकी श्रीमती गोमाको समर्थन र सहयोगले उनको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ। तराईमा जन्मिएकी उनकी श्रीमती गोमाले पहाडमा संघर्ष गरेरै सफल ब्यबसायी बनेको बताईन् । उनको हरेक यात्रामा श्रीमतीको सामान्य किराना पसलबाट व्यवसायिक यात्रा सुरु गरेका अर्यालको व्यापारिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल हुनु प्रशंसनीय हो।
उनको किरानाबाट सुरु भएको व्यवसायिक यात्राले संघर्षलाई किनारा लगाएको छ । सफलताको यात्रामा थुप्रै आरोह(अवरोह भए पनि निरन्तर परिश्रम र दृढ इच्छाशक्ति उनको प्रमुख साथी बने ।
प्रतिक्रिया