काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत बक्यौता उठाउने प्रतिबद्धता जनाउँदै काटिएका उद्योगहरुमध्ये केहीमा लाइन जोडिएको जानकार गराएका छन्। ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन्। उनले उद्योगहरुबाट बक्यौता उठाउन बाँकी रहेको स्वीकार गर्दै अहिलेलाई भने लाईन जोडिएको तर नियमअनुसार बक्यौता उठाउने जनाएका छन्।
मजदुरको रोजगराी र अर्थतन्त्रमा यसको प्रभावलाई महशुस गर्दै काटिएको विद्युत लाईन जोडएको उनको अभिव्यक्ति छ। उनले फेसबुकमा लेखेका छन्, “हामीलाई उद्योगहरुबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन।अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ।”
प्रतिक्रिया