काठमाडौँ । सन् २०१२ देखि वित्तीय सचेतना बढाउने उद्देश्यले सुरू भएको ग्लोबल मनी विक २०२४ मा पुग्दा बाह्रौं संस्करण मनाइरहेको छ । नेपालले पनि मार्च १८ देखि २४ सम्म ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर्स’ नाराका साथ उक्त ग्लोबल मनि विक मनाउँदै आएको छ ।
विश्वभरबाट करिब १ सय ७६ देशका ६ करोडभन्दा बढी नागरिकमा पुगिसकेको युवा तथा विद्यार्थी लक्षित यो कार्यक्रम नबिल बैंकले पनि व्यापक रुपमा मनाइरहेको छ। बालबालिका र युवा विद्यार्थीलाई लक्षित गरि नविलले वित्तीय सचेतनामार्फत भविष्य कसरी आर्थिक रुपमा सबल र सुरक्षित बनाउन सकिन्छ, सफल उद्यमी बन्न के कस्ता सिप तथा ज्ञानको आवश्यकता पर्दछ भनि ज्ञान तथा सिप प्रवर्द्धन गरिरहेको छ।
पुर्व देखि पश्चिमसम्म देशभर २१ वटा क्षेत्रलाई क्लस्टर माध्यमबाट बर्गीकरण गरि ती क्लस्टरमा कम्तिमा एउटा फाइनान्सियल लिट्रेसिको कार्यक्रम गरेको छ । बैंकले मुख्यतयः ‘सेभिङ ह्याभिट’, इन्भेष्टमेन्ट, बजेटिङ, डिजिटल फाइनान्सियल लिट्रेसी, साइबर सेक्युरिटी, केश स्टडी शेयरीङ लगायतका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेको जनाएको छ।
बालबालिका र युवा विधार्थी नै किन?
सानै उमेरमा वित्तीय कुराहरु सिकाउन सकेमा बालबालिकाहरु युवा अवस्थामा आईपुग्दासम्म आफुले आर्जन गर्ने आर्थिक स्रोतको पहिचान तथा परिचालन गर्न सक्ने बन्छन्। त्यस्तै युवा तथा विद्यार्थीलाई जागिरबाट आएको आम्दानीलाई कसरी बचत तथा लगानी, बजेटिङ गर्ने तथा स्वः उद्यमी बनेका वा बन्ने तयारीमा रहेकाहरुलाई कसरी वित्तीय व्यवस्थापन गर्ने, क्यासफ्लो कसरी मेन्टेन गर्ने, यसमा के कस्ता जोखिम हुन सक्छन् र त्यस्ता जोखिमलाई कसरी न्युनीकरण गर्ने भन्ने बारेमा सिप तथा ज्ञान दिन सकेमा आजको युवाले भविष्यका लागि बलियो आर्थिक आधार तय गर्न सक्ने बैंकको अपेक्षा रहेको छ।
अधिकांश परिवार वा विद्यालयले बालबालिका तथा युवा विद्यार्थीलाई आम्दानीका स्रोत पहिचान, पैसाको बचत, लगानी तथा व्यवस्थापनको बारेमा सिकाउने विषय प्राथमिकतामा लिने गरेको पाईदैन। जसले गर्दा बालबालिका आफ्नो अध्ययन पुरा गर्ने समयसम्म पनि कुन जागिर वा पेसा व्यावसाय गर्ने भन्नेमा यकिन हुँदैनन्। भने, युवाहरु न जागिरबाट सन्तुष्टि हुन्छन्, न त आफु व्यवसाय सुरु नै गर्न सक्छन् त व्यावसाय गरेका युवाहरु पनि कमै मात्रामा सफल भएको पाईन्छ। यसको मुख्य कारण विगतमा बचत नहुनु, भएको पैसा सहि रुपमा लगानी गर्न नसक्नु, स्वः उद्यमिहरुले क्यासफ्लो मेन्टेन गर्न नसक्नु रहेको पाईन्छ। तसर्थ बालबालिका र युवा विद्यार्थीलाई आफ्नो पकेट मनिलाई कसरी बचत, लगानी तथा व्यवस्थित बनाउन सकिन्छ भनेर व्यावहारिक रुपमा नै ज्ञान पस्किन यो उमेर वर्गलाई लक्षित गरि कार्यक्रम गरिएको बैंकले जनाएको छ।
पछिल्लो समय युवापुस्ताहरुमा स्टार्ट अप बन्ने होडबाजी देखिन्छ, तर उनीहरुमा व्यावसायीक ज्ञान नहुँदा क्यासफ्लो मेन्टेन गर्न ग्राहो हुने, लगानी डुब्ने गरेको पाईन्छ। यी र यस्तै सामाजिक दृश्य तथा घटनालाई मध्येनजर गर्दै बैंकले ग्लोब मनि विकमा वित्तीय फ्रण्डबाट कसरी बच्ने देखि कसरी सफल उद्यमी बन्न सकिन्छ सम्मका विषयवस्तुहरूमा केन्द्रीत रहेर कार्यक्रम गरेको हो।
‘ओटीपी भनेको पासपोर्ट नै हो भनेर बुझाउँदै’
ओटीपी भनेको पासपोर्ट नै हो भन्ने समेत नबुझेका कारण पनि वित्तीय फ्रण्डहरु भएको पाईन्छ। जसले गर्दा ओटीपी अरूलाई दिनु हुँदैन भन्ने समेतको ज्ञान नहुँदा धेरै र ज्ञान हुँदा हुँदै पनि हेलचेक्र्याईं गर्दा विभिन्न वित्तीय ठगी भएको सुदूरपश्चिम प्रदेशका क्लस्टर अफिसर अस्मिन बस्नेत बताउछन् । ‘ओटीपी (वन टाइम पासपोर्ट) भनेको ‘सेकेन्ड लाइन अफ भेरिफिकेसन’ हो । ‘फर्स्ट लाइन अफ भेरिफिकेसन’ त पासवर्ड नै हो । कारोबार गर्दा कारोबार भेरिफिकेसन कोड ओटीपी हो । वित्तीय साक्षरता वा साइबर सेक्युरिटीका कार्यक्रममा यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हामीले अहिले विभिन्न किसिमका जनचेतनामूलक सामग्री बनाएर ओटीपी अरूलाई दिनु हुँदैन भन्ने जनचेतना बढाउने काम गरिरहेका छौं ।’
पछिल्लो समय सेयर भर्न सि–आस्बा सुरु भएपछि गाउँ–गाउँमा समेत मोबाइल बैंकिङ प्रयोग गर्नेहरू बढ्दै गएका छन् । सेयर कारोबारमा अधिकांस विद्यार्थीको ध्यान र चासो केन्द्रित त भएको छ तर के गर्न हुने र नहुने कुरा छुट्याउन नसकेको कारण थुप्रै वित्तीय घटनाहरु बाहिरिएको छ । क्लस्टर अफिसर बस्नेत भन्छन्, ‘सेयर कारोबारले गर्दा डिजिटल बैंकिङ कारोबार बढ्दै गयो । सँगै पानी, बिजुली, इन्टरनेट, रिचार्ज जस्ता धेरै सेवा अनलाइन नै गर्न सकिने भएको छ । गाउँ–गाउँमा घरबाटै वित्तीय सेवा प्रयोग गर्नेको संख्या बढेको छ । तर, उनीहरूलाई यसको जोखिमबारे बुझाइ कम रहेकाले उनीहरूलाई सचेतना बढाउनुपर्ने देखिन्छ । सहरी क्षेत्रमा घरमा बस्ने आमाबुबा र ग्रामीण क्षेत्रमा सानातिना व्यापार व्यवसाय गर्ने तथा उपभोक्ता सबैलाई वित्तीय साक्षरता आवश्यक छ ।
पकेट मनिबाट पनि भविष्यको लागि बचत गर्न सकिन्छ
बैंकले साक्षरता कार्यक्रममार्फत विद्यार्थीले पकेट मनिबाट पनि कसरी भविष्यको लागि बचत गर्न सक्छ भनेर पनि सिकाएको छ। बैंकको टार्गेट भनेको प्रत्येक बालबालिका तथा युवा विद्यार्थीलाई फाइनान्सियल्ली सुपरीटेन्डेन्ट बनाउनु हो । बच्चा र युवा अवस्थामा प्राप्त हुने पकेट मनि निरन्तर बचत गरेर ब्याज मार्फत आम्दानी गर्न सकिने, उक्त बचतले भविष्यमा व्यापार व्यावसाय गर्न के कसरी सहयोग पुर्याउँछ जस्ता कुराहरु पनि बैंकले कार्यक्रममार्फत सिकाएको छ।
सधै र सबैभन्दा फरक ढंगले सामाजिक उत्तरदायित्त्वमा नबिल
बैंकले ग्लोबल मनि विकमा मात्रै नभई बैंकले वर्ष भरी नै सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न किसिमका कार्यक्रम तथा कामहरु गर्दै आएको छ। बैंक सातै प्रदेशमा वित्तिय शिक्षाको प्रबर्धन गर्दै वित्तिय साक्षरता एवम् जागरण अभिवृद्धि गरि वित्तीय समावेशिता प्रवर्द्धन मार्फत स्वरोजगार सिर्जना, उत्पादन तथा आयआर्जनमा अभिबृद्धि गरि आर्थिक सम्वृद्धिको खोजिमा लागिरहेको छ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा अरु बैंकले भन्दा फरक किसिमले गर्दै आएको एक पपुलर कार्यक्रम हो ‘नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप’ यसमा सर्टिफिकेसन कोर्ष र फिलो सिफर कोर्ष रहेको छ । फेलोसिपमा २ ब्याज सकिएको छ जसबाट २३९ फुल टाइम जब क्रियट भएको छ । ३३ पार्ट टाइम जब, ६०० अप्रत्यक्ष जागिर क्रियट गरेको नबिलको दाबी छ । सर्टिफिकेटबाट २५० जनाहरू पास आउट हुनु भएको छ। दुई ब्याचमा सहभागीमध्ये ५० प्रतिशत भन्दा बढीमा सफलता मिलेको बैंकले जनाएको छ।
बचत र लगानी मात्रै नभएर सुरक्षित कारोबार कसरी गर्ने भनेर सिकाउनु पनी यो साप्ताहिक कार्यक्रमको उद्देश्य हो। बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली का अनुसार बालबालिका तथा युवाहरुमा वित्तिय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने यस अभियानले वित्तीय ज्ञान र सिप अभिवृद्धि गर्नुका साथै व्यवहारिक रुपमा सक्षम बनाउँदै उनिहरुलाई बिबेकशिल वित्तिय निर्णय लिन र यसप्रति अभिप्रेरित गर्न यसरी लक्षित वर्गका बीच कार्यक्रम गरिएको बताए।
आज कमाएको पैसाले भविष्यसम्म नपुग्ने कुरालाई इंगित गर्दै डेपुटी सीइओ ज्ञवाली भन्छन्, ‘सधै पैसा रहँदैन । भविष्यमा कमाई नहुन पनि सक्छ । यदि फिजिकल्ली डिसेबल भएर पनि सहजै जिन्दगी कटाउन सक्छु भन्ने भान गराउने एउटा मात्र माध्यम हो पैसा । पैसाले कन्फिडेन्स दिन्छ, कन्फिडेन्स मात्रै होइन सम्बन्ध पनि दिन्छ ।’ पैसा बचत गरेर पनि बजार चलायमान गर्न सकिने कुरालाई प्रस्ट्याउँदै उनी भन्छन्, ‘आज बचत गर्यो भने भोलि बिरामी हुँदा, दुःख पर्दा काम आउँछ । पैसा सकेसम्म बचत गरौं । बचत गरौं भन्नुको मतलब खर्च नगरौँ भन्न खोजेको होइन । खर्च नै गरेन भने बजार चलायमान हुँदैन त्यसैले सहि ठाउँमा मात्रै खर्च गरौं ।’
द अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को नेतृत्वमा अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आएको ‘ग्लोबल मनी विक’ नेपालले नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजकत्वमा नबिल बैंकले मनाइरहेको छ ।
प्रतिक्रिया