वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले लचिला नीतिहरू अपनाएर डिजेल-पेट्रोल गाडीका ग्राहकलाई ईभीतर्फ धकेलेको हो: नाडा अध्यक्ष चौधरी

अर्थलगानी
२०८१ भाद्र ९, आईतवार

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीले सरकारको नीतिले विद्युतीय सवारी साधन (ईभी) को वृद्धि बाध्यात्मक रुपमा भएको बताएका छन्। केहि दिन अघि अर्थलगानीसँग कुराकानीका क्रममा उनले ईभीका लागि सरकारले लचिला नीतिहरू अपनाए पनि डिजेल र पेट्रोल सवारीका लागि त्यस्तो सहजता नभएको बताएका हुन् । “ईभीको वृद्धि नराम्रो होइन, तर सरकारले नीतिगत रुपमा धकेलेको हो,” अध्यक्षले भने।

उनले यसअघि नै अटोमोबाइल्स उद्योगमा नीतिगत स्थिरताको आवश्यकता औंल्याउँदै आएको बताउँदै, “नीतिहरुमा स्थिरता कायम भएमात्र उद्योगको दिगो विकास सम्भव छ,” भन्दै आएका छन् । उनले अटोमोबाइल्स उद्योगले नेपालकै जीडीपीमा पुर्याएको योगदानलाई पुनः उचाइमा पुर्याउन नीतिगत स्थिरताको आवश्यकता रहेको पनि बताए।

हुन लागेको अटो शोमा विद्युतीय सवारी साधनको बर्चश्व रहेको अध्यक्ष चौधरीले उल्लेख गर्दै निजी सवारीमा मात्र ध्यान दिइएको र सार्वजनिक यातायातमा भने पर्याप्त प्रोत्साहन नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे।

साथै, अध्यक्ष चौधरीले ईभीको ब्याट्री व्यवस्थापनमा सरकारको ठोस नीति आवश्यक रहेको बताए। “विद्युतीय सवारीमा प्रयोग हुने लिथियम ब्याट्रीको भविष्यमा व्यवस्थापन गर्न सरकारले ठोस नीति ल्याउनुपर्छ,” उनले भने।

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म ‘नाडा अटो शो’ आयोजना गर्दैछ । नाडाले ‘अटो शो २०२४’ को तयारी अन्तिम चरणमा पुर्‍याइसकेको जनाएको छ । दशैँको मुखैमा सुरु गर्न लागेको  ‘अटो शो’मा पनि विद्युतीय सवारी साधनको बर्चश्व हुने भएको छ । कम्पनीहरुले नयाँ  ब्राण्ड र मोडलहरु ५० % भन्अदा बढी अटो शोकै अवसरमा सार्वजनिक पनि गर्ने बताइरहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी