काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै हुन्डाईको बहुप्रतिक्षित क्रेटा ईभी सार्वजनिक गरिएको छ। हुन्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै यो मोडल बजारमा ल्याएको हो।
क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। अन्य भेरियन्टहरूमा स्मार्ट (५४.९६ लाख), स्मार्ट ओ (५६.९६ लाख), र प्रिमियम (५९.९६ लाख) मूल्य निर्धारण गरिएको छ।
नेपाली सडकमा किन उपयुक्त?
१. उच्च ग्राउन्ड क्लियरेन्स
नेपालका उबड-खाबड बाटोलाई ध्यानमा राख्दै हुन्डाईले २०० एमएम ग्राउन्ड क्लियरेन्स दिएको छ। गाडीको ब्रेक ओभर एङ्गल १७.५ डिग्रीभन्दा माथि भएकाले अफरोड वा बिग्रिएका सहरका सडकहरू सहजै पार गर्न सक्ने दाबी गरिएको छ।
२. छिटो चार्जिङ क्षमतायुक्त ओबिसी (Onboard Charging Capability)
नेपालमा फास्ट चार्जिङ स्टेसन सीमित छन्। यो समस्यालाई मध्यनजर गर्दै क्रेटा ईभीले ११ किलोवाटको एसी चार्जर प्रयोग गर्न सक्ने फिचर दिएको छ। जसका कारण चार घण्टामा घरमै चार्ज गर्न सकिने छ।
३. एनएमसी ब्याट्री र लम्बाइको रेन्ज
क्रेटा ईभीमा ४२ किलोवाट-आवर र ५१.४ किलोवाट-आवर क्षमताका ब्याट्री अप्सन छन्। यसअनुसार एआरएआई प्रमाणित रेन्ज ३९० देखि ४७३ किलोमिटर रहेको छ, जुन नेपाली यात्रुहरूको लागि पर्याप्त दूरी मानिन्छ।
४. डुअल जोन एसी – यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै
क्रेटा ईभीमा डुअल जोन क्लाइमेट कन्ट्रोल एसी दिइएको छ, जसले ड्राइभर र यात्रुले छुट्टाछुट्टै तापक्रम सेट गर्न सक्नेछन्।
५. स्पेयर टायर – नेपाली सडकका लागि थप सुरक्षित
विद्युतीय गाडीहरूसँग स्पेयर टायर नहुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन्। तर, क्रेटा ईभीमा फुल-साइजको स्पेयर टायर दिइएको छ, जसले गाडी पञ्चर भए पनि समस्या नहुने सुनिश्चित गर्छ।
क्रेटा ईभीको प्रतिस्पर्धात्मक फाइदा
हुन्डाई क्रेटा ईभीले नेपाली बजारमा अन्य विद्युतीय एसयूभीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने फिचरहरू समावेश गरेको छ। ग्राउन्ड क्लियरेन्स, चार्जिङ क्षमता, ब्याट्री टेक्नोलोजी, र सुरक्षा विशेषताका कारण यो नेपाली उपभोक्ताका लागि उपयुक्त विकल्प बन्न सक्ने देखिन्छ।
हुन्डाई क्रेटा ईभीको बिक्री सुरु भइसकेको छ, जसले नेपाली विद्युतीय सवारी बजारमा नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया