वि.सं. २०८२ असार ४, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोगोरोका ४५ ब्याट्री स्वाप स्टेशन सञ्चालन, नेपालमा विद्युतीय सवारीका लागि नयाँ माइलस्टोन

अर्थलगानी
२०८१ चैत्र १६, शनिबार

काठमाडौं – विद्युतीय स्कुटर ब्रान्ड गोगोरोले काठमाडौं उपत्यकाका ४५ स्थानमा ब्याट्री स्वाप स्टेशन स्थापना गरी सञ्चालनमा ल्याएको छ। यससँगै नेपालमा इभी (EV) पूर्वाधार विस्तारमा नयाँ उपलब्धि हासिल भएको छ।

गोगोरो स्कुटरको आधिकारिक बिक्रेता नेबुला इनर्जीले विद्युतीय सवारीको सहज सञ्चालनका लागि पूर्वाधार विकास गर्दै बलियो नेटवर्क बनाउने उद्देश्य सहित यो सेवा सुरु गरेको हो।

२४ सै घण्टा सञ्चालन, स्वापिङ अब झन् सहज

कम्पनीका अनुसार, ब्याट्री स्वाप स्टेशनहरू पेट्रोल पम्प, सुपरमार्केट र अन्य सुविधाजनक स्थानमा २–३ किलोमिटरको दूरीमा राखिएको छ। यी चौबिसै घण्टा सञ्चालनमा रहने स्टेसनहरूमा एआई प्रविधि जडान गरिएको छ, जसले रियल टाइममा ब्याट्रीको स्वास्थ्य निगरानी गर्ने सुविधा प्रदान गर्छ।

नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलका अनुसार, इभी चालकलाई चार्जिङका लागि पर्खनुपर्ने झन्झट हटाउँदै पूर्ण चार्ज भएका ब्याट्री सजिलै उपलब्ध गराउने उद्देश्य रहेको छ। उनले भने, “नेपालको इभी ईकोसिस्टमलाई सुदृढ बनाउन यो हाम्रो पहिलो महत्वपूर्ण कदम हो।”

गोगोरो: विश्वभर विस्तार भइरहेको इभी ब्रान्ड

सन् २०११ मा ताइवानमा स्थापना भएको गोगोरो अहिले फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर हुँदै नेपालसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ।

नेपालमा इलेक्ट्रिक मोबिलिटीको प्रवर्द्धन गर्दै विद्युतीय सवारी साधनलाई प्रभावकारी बनाउने गोगोरोको योजना रहेको कम्पनीले जनाएको छ। यस कदमले इभी सवारी प्रयोगकर्ताको विश्वास बढाउने मात्र नभई, नेपालको विद्युतीय सवारीको यात्रामा नयाँ गति थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी