काठमाडौं । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले काठमाडौंको तीनकुनेमा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ। शोरुममार्फत कम्पनीले एलएस अटोको इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ बिक्रीमा ल्याएको छ।
एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइन जस्ता आकर्षक विशेषताहरू छन्। गाडीको इन्टेरियर पनि प्रिमियम स्तरको छ, जसमा लेदरेट स्टेरिङ ह्वील र सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ, र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता सुविधा समावेश छन्।
सुरक्षाको पक्षमा एलईभी ०१ मा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिहरू छन्। यस गाडीले युरो एनक्याप क्र्यास टेस्टमा पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेको छ, जसले ग्राहकलाई भरपर्दो सुरक्षा दिने विश्वास दिलाउँछ।
एलईभी ०१ को स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट भेरिएन्टको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्री वारेन्टी उपलब्ध छ।
प्रतिक्रिया