वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बैंकका ग्राहकहरुलाई नयाँ बर्षमा बिशेष अफर, दराजमा १५ प्रतिशत सम्म छुट

अर्थलगानी
२०७८ चैत्र २२, मंगलवार

काठमाडौँ । नेपाल बैंकका ग्राहकले नयाँ वर्षमा दराजमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

मिति२०७८ साल चैत्र २२ गते मंगलबारका दिन नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंक माखाता रहेका ग्राहकहरुलाई नेपाली नयाँवर्षको अवसरमा छुटप्रदान गर्ने सम्झौता भएको हो ।

यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्धनिर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।

नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमाई–कमर्स सक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ ।

बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागिआजै आवेदन दिन समेत आग्रह गरेको छ ।
नेपाल बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ ।
सम्झौता समारोहमाबोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरूसँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ्ग उद्योगलाई नयाँ आकार दिन सकिने बिचार व्यक्त गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाल बैंकका ग्राहकले नयाँ वर्षमा दराजमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मिति२०७८ साल चैत्र २२ गते मंगलबारका दिन नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंक माखाता रहेका ग्राहकहरुलाई नेपाली नयाँवर्षको अवसरमा छुटप्रदान गर्ने सम्झौता भएको हो । यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्धनिर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका हुन् । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमाई–कमर्स सक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागिआजै आवेदन दिन समेत आग्रह गरेको छ । नेपाल बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ । सम्झौता समारोहमाबोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरूसँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ्ग उद्योगलाई नयाँ आकार दिन सकिने बिचार व्यक्त गरे ।