काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागुहुनेगरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यरातमा इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल अब प्रतिलिटर १६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ रुपैयाँले बढाइएको छ ।
डिजल र मट्टितेल अब प्रतिलिटर १४३ रुपैयाँ पर्नेछ । निगमले हवाइ इन्धनको भाउ पनि बढाएको छ भने ४ महिनापछि खाना पकाउने ग्यासको पनि मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेर १६ सय रुपैयाँ पुगेको छ ।
नयाँ भाउ मंगलबार राती १२ बजेदेखि लागु हुँदैछ ।
प्रतिक्रिया