काठमाडौं । चालू आर्थिक बर्षको असोज महिनामा बैंकहरुको निक्षेप संकलन १ खर्ब २५ खर्ब बढेको छ । जसमा बैंकहरुको लागनी ३५ अर्बले मात्रै बढेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा मात्रै बैंकहरुको लागनी रकम भन्दा निक्षेप रकम ८० अर्ब रुपैंया धेरै भएको उल्लेख गरेको छ ।
पछिल्लो समय बैंकहरुको ब्याजदर बढेको भन्दै बजारमा कर्जा प्रवाह नभएकोले लगानीयोग्य रकम थुप्रिएको हो ।
बैंकहरुले मुद्दती निक्षेपको निक्षेपको ब्याजदर बढाउदा साधारण बचतको पैसा पनि मुद्दती निक्षेपमा सर्दै गएको कारण बैंकहरुले मुद्दतीमा बढी ब्याज तिर्नुपरेको छ ।
दशैं तिहार जस्ता पर्वमा कर्जाको माग बढ्ेन अपेक्षा बैंकले लिएको थियो । सोही कारणले बैंकहरुले ब्याजदर बढाएको थियो । तर दशैंअघि आयातित वस्तु कम भएकोले बैंकमा रकम थुप्रिने निक्षित छ । जसको कारणले बैंकहरुको लागत मात्रै बढाएको छ ।
चालू आर्थिक बर्षको भदौं महिनामा बैंक तथा वित्तीय संस्थामा कुल ५७ खर्ब २६ थियो । उक्त निक्षेप संकलन असोज २० सम्म आउँदा ५८ खर्ब ४१ अर्ब रुपंैया पुगेको छ । जसमा भदौं महिनामा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ५० खर्ब ४१ अर्ब रुपैंया रहेकोमा हाल उक्त निक्षेप रकम बढ्ेर ५१ खर्ब ६० अर्ब पुगेको तथ्यांकमा उल्लेख छ ।
कर्जा लगानी कमजोर
बैंकहरुको कर्जा लगानीमा गिरावट आएको छ । जसमा भदौं महिनामा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ८ अर्ब रुपैंया कर्जा लगानी गरेकोमा असोज २० गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४३ खर्ब ७८ अर्ब रुपैंया पुगेको छ ।
चालू आर्थिक बर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा माग कम भएकोले बैंकमै पैसा थुप्रिएको हो ।
त्यस्तै बैंकहरुको सिडि रेसियो भदौं महिनाको तुलनामा कम भएको छ । भदौं महिनामा बैंकहरुको सिडि रेसियो ८१.७४ प्रतिशत रहेकोमा हालको महिनामा ८१ प्रतिशत सिडि रेसियो रहेको छ, जसले गर्दा बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ८२ अर्ब रुपैंया लगानीयोग्य रकम छ ।
प्रतिक्रिया