वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले बोलायो साधारणसभा

अर्थलगानी
२०८० मंसिर १४, बिहीबार

काठमाडौँ। नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ५ गते बिहिबार सभा आह्वान गरेको हो। कार्तिक २१ गते बसेको सञ्चालक समितिको १७६ औं बैठकको निर्णय अनुसार यस ईन्स्टिच्यूटको पन्ध्रौं वार्षिक साधारण सभा आह्वान गरिएको छ।
क. सामान्य प्रस्तावः
–अध्यक्षको मन्तव्य सहितको सञ्चालक समितिको आ.व. २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
–लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाच र सोही अवधिको नाफा नोक्सान बांडफांड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ।

–कम्पनीले जारी गर्ने बोनस शेयरबापतको कर प्रयोजनको लागि हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत नगद लाभांश स्विकृत गर्ने।

–कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निधारण गर्ने।

–वर्तमान सञ्चालकहरुमध्ये सञ्चालक समितीबाट नियुक्त भएका निम्नलिखित सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने ।
१.अनिल शर्मा, नेपाल बैंकर्स एसोशीयसन, स्वतन्त्र सञ्चालक
२.राजेश कुमार पण्डा, नेपाल एस.बी.आई.बैंक लिमिटेड सञ्चालक

विशेष प्रस्तावः
–कम्पनीको प्रबन्धपत्रको दफा ६ को (क), (ख) र (ग) मा देहाय बमोजिम संशोधन गर्ने ।
१.कम्पनीको अधिकत पूँजी चालिस करोड रुपैयाँ कायम गर्ने।
२.कम्पनीको जारी पूजी तीस करोड रुपैयाँ कायम गर्ने।
३.कम्पनीको चुक्ता पूजीँ उन्नाईस करोड पचहत्तर लाख रुपैयाँ कायम गर्ने र सोही बमोजिम कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने।

–कम्पनीको आ.व. २०७९–८० सम्मको संचित मुनाफाबाट संस्थाका विद्यमान शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पूँजीको २९५ प्रतिशत बोनस शेयर जारी गर्ने।
–कम्पनीको नियमावलीको नियम ३२ (क) मा भएको व्यवस्था अनुरुप सञ्चालकको बैठक भत्तामा समयानुकुल हेरफेर गर्ने।

–नेशनल बैंकिङ्ग इन्ष्टिच्युट प्रति बैंक तथा वित्तीय संस्थाहरुको अपनत्व बढाउन तथा स्वामित्वको भावना विकास गर्न कम्पनीका हाल कायम शेयरधनीहरुका अतिरिक्त अन्य सम्पूर्ण (क, ख, ग, घ)
वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई पनि यस कम्पनीमा समेट्ने उद्देश्यले यस संस्थाको शेयर
खरिद गर्न इच्छुक हाल कायम शेयरधनीहरु तथा अन्य बैंक तथा वित्तिय संस्थाहरुका साथै बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित व्यवसायीक संगठनहरु (नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स संघ) का लागि जारी पूँजीको हदसम्म प्रतिशेयर रु. १०० का दरले शेयर जारी तथा बिक्री गर्ने ।

–उपरोक्त कार्यहरु गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन स्वीकृत गर्ने, प्रस्तावित संशोधनमा कुनै फेरबदल गरी सम्बन्धित निकायबाट स्वीकृत गराउन आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ५ गते बिहिबार सभा आह्वान गरेको हो। कार्तिक २१ गते बसेको सञ्चालक समितिको १७६ औं बैठकको निर्णय अनुसार यस ईन्स्टिच्यूटको पन्ध्रौं वार्षिक साधारण सभा आह्वान गरिएको छ। क. सामान्य प्रस्तावः –अध्यक्षको मन्तव्य सहितको सञ्चालक समितिको आ.व. २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । –लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाच र सोही अवधिको नाफा नोक्सान बांडफांड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने । –कम्पनीले जारी गर्ने बोनस शेयरबापतको कर प्रयोजनको लागि हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत नगद लाभांश स्विकृत गर्ने। –कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निधारण गर्ने। –वर्तमान सञ्चालकहरुमध्ये सञ्चालक समितीबाट नियुक्त भएका निम्नलिखित सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने । १.अनिल शर्मा, नेपाल बैंकर्स एसोशीयसन, स्वतन्त्र सञ्चालक २.राजेश कुमार पण्डा, नेपाल एस.बी.आई.बैंक लिमिटेड सञ्चालक विशेष प्रस्तावः –कम्पनीको प्रबन्धपत्रको दफा ६ को (क), (ख) र (ग) मा देहाय बमोजिम संशोधन गर्ने । १.कम्पनीको अधिकत पूँजी चालिस करोड रुपैयाँ कायम गर्ने। २.कम्पनीको जारी पूजी तीस करोड रुपैयाँ कायम गर्ने। ३.कम्पनीको चुक्ता पूजीँ उन्नाईस करोड पचहत्तर लाख रुपैयाँ कायम गर्ने र सोही बमोजिम कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने। –कम्पनीको आ.व. २०७९–८० सम्मको संचित मुनाफाबाट संस्थाका विद्यमान शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पूँजीको २९५ प्रतिशत बोनस शेयर जारी गर्ने। –कम्पनीको नियमावलीको नियम ३२ (क) मा भएको व्यवस्था अनुरुप सञ्चालकको बैठक भत्तामा समयानुकुल हेरफेर गर्ने। –नेशनल बैंकिङ्ग इन्ष्टिच्युट प्रति बैंक तथा वित्तीय संस्थाहरुको अपनत्व बढाउन तथा स्वामित्वको भावना विकास गर्न कम्पनीका हाल कायम शेयरधनीहरुका अतिरिक्त अन्य सम्पूर्ण (क, ख, ग, घ) वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई पनि यस कम्पनीमा समेट्ने उद्देश्यले यस संस्थाको शेयर खरिद गर्न इच्छुक हाल कायम शेयरधनीहरु तथा अन्य बैंक तथा वित्तिय संस्थाहरुका साथै बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित व्यवसायीक संगठनहरु (नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स संघ) का लागि जारी पूँजीको हदसम्म प्रतिशेयर रु. १०० का दरले शेयर जारी तथा बिक्री गर्ने । –उपरोक्त कार्यहरु गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन स्वीकृत गर्ने, प्रस्तावित संशोधनमा कुनै फेरबदल गरी सम्बन्धित निकायबाट स्वीकृत गराउन आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने।