वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेरुडे लघुवित्तको नाफामा भारी गिरावट, अन्य सूचक कस्ता?

अर्थलगानी
२०८० माघ २४, बुधबार

काठमाडौा। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२५ प्रतिशत कम हो। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो।

खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा उल्लेख्य घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.९१ प्रतिशत र अन्य सञ्चालन आम्दानी ५.२५ प्रतिशत बढेको छ। खराब कर्जा बढेर ४.८९ प्रतिशतबाट ८.८३ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ७ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ १३ पैसा घटेर ६ रुपैयाँ ७८ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ८८.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३८ पैसा रहेको छ।

७३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगृडा कोषमा ५९ करोड ५६ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा लघुवित्तले ९ अर्ब २४ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौा। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा हो। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२५ प्रतिशत कम हो। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो। खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा उल्लेख्य घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.९१ प्रतिशत र अन्य सञ्चालन आम्दानी ५.२५ प्रतिशत बढेको छ। खराब कर्जा बढेर ४.८९ प्रतिशतबाट ८.८३ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ७ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ १३ पैसा घटेर ६ रुपैयाँ ७८ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ८८.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३८ पैसा रहेको छ। ७३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगृडा कोषमा ५९ करोड ५६ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा लघुवित्तले ९ अर्ब २४ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।