वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला लघुवित्तको एजीएम आज, के के छन् प्रस्तावहरु?

अर्थलगानी
२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ। महिला लघुवित्तको वार्षिक साधारण सभा (एजीएम) आज फागुन २७ गते आइतबार बस्दैछ। सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो।

सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । यो वर्ष कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। महिला लघुवित्तको वार्षिक साधारण सभा (एजीएम) आज फागुन २७ गते आइतबार बस्दैछ। सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो। सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । यो वर्ष कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन ।