काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्तशिविर कार्यक्रम सम्पन्न गरेको छ ।
सो शिविरमा १०८ जना स्थानीयबासिन्दाहरुले सेवा प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
आधुनिकप्रविधिको माध्यमबाट देशकादुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवाप्रदानगर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया