काठमाडौँ। नेपाल बैंकर्स सघंका अध्यक्ष एवम् एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अब ब्याजदर घट्दै जाने बताएका छन्। केसीले अहिले बैंकिङ्ग प्रणालीमा तरलता सहज भएकाले ब्याजदर थप घट्दै जाने बताएका हुन्।
काठमाडौंको सोल्टी होटलमा आयोजित दि बैंकिङ डिस्कोर्स २०२३ मा बोल्दै उनले अहिले बैंकिङ्ग क्षेत्रमा तरलता केही सहज अवस्थामा आएको र ब्याजदर घट्दै गएको जानकारी गराएका हुन्। साथै राष्ट्र बैंकको निर्देशन अनुसार आगामी असार मशान्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने भएकोले पनि ब्याजदर थप घट्ने उनले बताए।
अहिले बैंकिङ क्षेत्रमा काम गर्न सुरक्षा थ्रेट रहेको भन्दै यसमा ध्यान दिन सरकारसँग उनले आग्रह गरे।
पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको बताउँदै उनले राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामा लिएका नीतिले खराब कर्जा नियन्त्रणमा सहयोग पुग्नो बताए।
प्रतिक्रिया