काठमाडौँ । एनएमवि लघुवित्तले शेयरधनीहरुको शेयर संरचना परिर्वतन गर्ने भएको छ । एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनी समूहमा हाल रहेको ७० प्रतिशत शेयर संरचनालाई ६० प्रतिशत हुनेगरी शेयर धनीको शेयर संरचना परिर्वतन गर्न लागेको हो ।
उक्त लघुवित्तले २१ दिनको सुचना सार्वजानिक गर्दै आफ्नो शेयर अनुपात सर्वसाधरण समुहमा परिर्वतन गर्ने वा नगर्ने सम्बन्धमा सम्पुर्ण शेयर धनीलाई जानकारी गराएको हो । संस्थापको स्वामित्वमा रहेको शेयर सर्वसाधारण मा परिर्वतन गर्न इच्छा नभएका शेयर धनीले सुचना प्रकाशन भएको मितिले २१ दिन भित्र यस संस्थाको केन्द्रिय कार्यालयमा उपस्थित भई लिखित रुपमा निवेदन दिन सक्नेछन् ।
तोकिएको समय भित्र उक्त कार्यालयमा कुनै परिर्वतन नगर्ने भनि निवेदन नपरेमा संस्थाले परिर्वतन गर्न मञ्जुर भयको ठानि सोहि बमोजिम सर्वसाधरण समुहमा परिर्वतन गर्ने प्रकृया अगाडि बढाउने जनाएको छ ।
प्रतिक्रिया