वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वेष्ट फाइनान्सले संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउँदै

अर्थलगानी
२०८१ जेष्ठ २९, मंगलवार

काठमाडौँ। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले असार ४ गतेदेखि अवितरित संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।

यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम एक हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

खरिदकर्ताले कम्पनीको केन्द्रीय कार्यालय, मिलनचोक, अमरपथ, नेपालगञ्ज, घोराही, इटहरी, नारायणगढ, विरगञ्ज र न्यूरोड शाखा कार्यालयका साथै ग्लोबल आइएमई बैंकका विरेन्द्रनगर र धनगढी शाखा कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानबाट पाइनेछ । आवेदन पेश गर्ने अन्तिम मिति असार ११ गते रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी