धरान । धरान उप.म.न.पा १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।
बैंक संचालक समिति सदस्य डा. सावित्रि रंजितश्रेष्ठ र क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत रुपमा उक्त काउन्टरको उद्घाटन गरि प्रारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा संचालक समिति सदस्य डा.श्रेष्ठले वि.स. १९९४ मा स्थापित देशकै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवा दिने क्रममा यस क्याम्पसमा बैंकिङ्ग सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए ।
उनले हाल नेपाल बैंकआधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवाभावको साथबौद्धिक युवा जनशक्तिबाट गुणस्तरिय सेवाप्रवाहका साथ समय सगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरि थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद व्यक्त गरे ।
यसैगरि क्याम्पस प्रमुखश्री भण्डारीले पुरानो बैंकिङ्ग ईतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा संचालन हुन गएकोमा सहर्ष धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायत बैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भईरहेको सन्दर्भ उल्लेख गरे ।
सो कार्यक्रममा बैंककाप्रदेश नं १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरानशाखाकाशाखाप्रवन्धकलगायतका बैंककर्मचारीहरुतथाक्याम्पसकातर्फबाटप्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
वि.सं. २०१२ सालमास्थापना भएकोपूर्व क्षेत्रकैपुरानो क्याम्पस महेन्द्र बहुमुखीक्याम्पसमाहाल ५हजार ५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन ।
प्रतिक्रिया