वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एशिया बैंकको नाफामा ठूलो गिरावट ६८.९१ प्रतिशतले कमी

अर्थलगानी
२०८१ श्रावण २१, सोमबार

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको नाफामा गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८.९१ प्रतिशतको गिरावट आएको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ४४ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेर १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशतले घटेर २ अर्ब ७७ हजार रुपैयाँमा झरेको छ। कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशतले घटेर १३ अर्ब १६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको हो।

सञ्चालन मुनाफा ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख रुपैयाँमा पुगेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ, र प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा रहेको छ।

बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत पुगेको छ, जसले गर्दा इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड रुपैयाँ भएको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १५ अर्ब २५ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी