वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेरो माइक्रोफाइनान्सको नाफामा ३६२.५९ प्रतिशत वृद्धि

अर्थलगानी
२०८१ श्रावण २३, बुधबार

काठमाडौँ । मेरो माइक्रोफाइनान्सको नाफामा ३६२.५९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको नाफा ३६२.५९ प्रतिशतले बढेर २१ करोड ९५ लाख रुपैयाँ पुगेको हो अघिल्लो आर्थिक वर्षमा लघुवित्तको नाफा ४ करोड ७४ लाख रुपैयाँ थियो।

लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशतले बढेर ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्जमा कमी आएकोले सञ्चालन मुनाफा ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशतले बढेर ९९ करोड २९ लाख ४ हजार रुपैयाँ पुगेको छ।

लघुवित्तको खराब कर्जा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ४२।०८ गुणा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशतले घटेर ११ अर्ब ७७ करोड ६३ लाख र कर्जा ०.४८ प्रतिशतले घटेर १३ अर्ब ८५ करोड १ लाख रुपैयाँमा सिमित भएको छ। असार मसान्तसम्म लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३२ करोड २० लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा १९ करोड ६२ लाख ३१ हजार रुपैयाँ देखिएको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी