काठमाडौँ ।कालिका लघुवित्तको नाफामा १३४ प्रतिशत वृद्धि भएकाृ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३४.०३ प्रतिशतले बढेर ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ७८ लाख रुपैयाँ रिभर्स हुँदा, अघिल्लो वर्षको तुलनामा नाफामा ठूलो फड्को मारिएको छ।
खुद ब्याज आम्दानी भने ०.५४ प्रतिशतले मात्र बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ। चौथो त्रैमाससम्म संस्थाको चुक्ता पुँजी ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
रिटेन्ड अर्निङ १०१.२६ प्रतिशतले बढेर ६ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ १७.५९ प्रतिशतले वृद्धि भएर २० करोड ४० लाख रुपैयाँ भएको हो। संस्थाको निक्षेप संकलन १ अर्ब ३५ करोड र कर्जा प्रवाह ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ।
प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ रहेको कालिका लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ पुगेको छ, तरलता अनुपात भने ८.९८ प्रतिशत देखाएको छ ।।
प्रतिक्रिया