काठमाडौं— मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा करिब १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा ४ करोड ४२ लाख नोक्सानी बेहोरेको संस्थाले यो वर्ष नाफा गर्न सफल भएको हो।
सञ्चालन नाफा २ करोड ७२ लाख पुग्दा, इम्पेयरमेन्ट चार्जबापतको १ करोड ३८ लाखभन्दा बढी रकम फिर्ता भएपछि संस्था नाफामा गएको हो।
१०.९३ करोड रुपैयाँ शेयर पूँजी भएको संस्थाको जगेडा कोषमा ५४.७ लाख रुपैयाँ छ, र प्रति शेयर आम्दानी १७.५३ रुपैयाँ रहेको छ। संस्थाले ३३,७१८ सदस्यहरूबाट ९८.७८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने निष्क्रिय कर्जा ७.९ प्रतिशतबाट ४.४६ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया