काठमाडौँ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय लिँदै लाभांशबिनाको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि उक्त वित्तीय विवरण कम्पनीको आगामी वार्षिक साधारणसभामा अनुमोदन गरिनेछ।
प्रतिक्रिया