काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंकमा १ अर्ब ३३ करोड रुपैयाँ अपचलन भएको प्रारम्भिक रिपोर्टपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गहन अनुसन्धान थालेको छ।
राष्ट्र बैंकको छानबिनपछि अध्यक्ष राजेन्द्रवीर राय, सीईओ नीरज विक्रम शाह र प्रमुख वित्त अधिकृतसहित पूर्वसीईओ दिनेश कुमार रावतलाई अनुसन्धानको घेरामा ल्याइएको छ।
बैंकको ४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप र लगभग ३ अर्ब कर्जा प्रवाहमध्ये ठूलो रकम अपचलन भएको आशंका छ। प्रारम्भिक अनुसन्धानले धितो बिना ऋण दिइएको र प्रक्रियामा अनियमितता देखाएको सीआइबीले जनाएको छ।
राष्ट्र बैंकले समस्या देखिएपछि एक महिनाअघि बैंकको व्यवस्थापन टेक ओभर गरेको थियो।
प्रतिक्रिया