वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एशिया बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५,हजारौं युवालाई वित्तीय साक्षरतामा जोड

अर्थलगानी
२०८१ चैत्र १३, बुधबार

काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरी हजारौं विद्यार्थी तथा युवाहरुलाई वित्तीय ज्ञान र सीप अभिवृद्धिमा प्रेरित गरेको छ।

नेपाल राष्ट्र बैंकको समन्वयमा सातै प्रदेशका शाखामार्फत बैंकले वित्तीय साक्षरता अभियानलाई व्यापक बनाएको छ। साताव्यापी अभियान अन्तर्गत ८० भन्दा बढी कार्यक्रम आयोजना गरिँदा देशभरका ४,५०० भन्दा बढी विद्यार्थी र युवाहरु प्रत्यक्ष लाभान्वित भएका छन्।

कार्यक्रम अन्तर्गत सहभागीहरुलाई बैंकिङ प्रणाली, बचतको महत्त्व, लगानी रणनीति, साइबर सुरक्षा, डिजिटल कारोबारजस्ता विषयमा जानकारी दिइएको थियो। विशेषगरी, वित्तीय पहुँच तुलनात्मक रूपमा कम रहेका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुलाजस्ता दुर्गम जिल्लाहरुमा समेत बैंकले वित्तीय साक्षरतासम्बन्धी गतिविधिहरूलाई प्राथमिकतामा राखेको थियो।

बैंकले बालबालिका, विद्यार्थी तथा युवाहरुका लागि वित्तीय सचेतनामूलक सामग्री निर्माण गरी वितरण गरेको छ। यी कार्यक्रमहरू दीर्घकालीन रूपमा वित्तीय साक्षरता अभिवृद्धिमा प्रभावकारी हुने बैंकको विश्वास छ।

एनआईसी एशिया बैंकले आगामी दिनमा पनि वित्तीय समावेशिता र साक्षरतामा अझै प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी