वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकको नयाँ क्यालेन्डरमा परम्परागत खेलकुदको झल्को

अर्थलगानी
२०८१ चैत्र १४, बिहीबार

काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। यस वर्षको क्यालेन्डरमा नेपालका परम्परागत खेलकुदलाई प्रमुख विषयवस्तु बनाइएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य ले एक विशेष समारोहका बीच क्यालेन्डर अनावरण गरे। कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

एभरेष्ट बैंकले नेपाली धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक सम्पदाहरूलाई निरन्तर आफ्ना क्यालेन्डरमा समेट्दै आएको छ। यसपटक नेपाली पहिचान झल्किने परम्परागत खेलकुद समावेश गरी नयाँ ढाँचामा क्यालेन्डर तयार पारिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी