काठमाडौं, १५ चैत – ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) बीच डिजिटल बैंकिङ तथा एम्बेडेड फाइनान्स मोडेलको प्रवद्र्धन गर्न सहकार्य हुने भएको छ। यस उद्देश्यले दुवै पक्षबीच एडभाइजरी सेवा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र IFC का एफआईजी, एशिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक एलेन फोर्लेमु ले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
बैंकको डिजिटल रूपान्तरणमा IFC को भूमिका
यस समझौताअनुसार IFC ले बैंकको डिजिटल रूपान्तरण प्रक्रिया, डाटा व्यवस्थापन प्रणाली मूल्यांकन तथा डिजिटल संरचनाको सुधारका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ। साथै, एम्बेडेड फाइनान्स मोडेल विकासका लागि फिनटेक प्रविधिको सम्भाव्यता अध्ययन समेत गरिनेछ।
डिजिटल बैंकिङमा नयाँ उचाइ
ग्लोबल आइएमई बैंकले IFC सँगको सहकार्यले बैंकिङ सेवा प्रणालीलाई पूर्णरूपमा डिजिटल, आधुनिक र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको छ।
सीईओ रेग्मी का अनुसार IFC को डिजिटल फिनटेकसम्बन्धी अनुभवले नेपाली बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास गरिएको छ।
ग्लोबल आइएमई बैंक नेपालको अग्रणी बैंक
-३५५ शाखा, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन काउन्टर, ३ वैदेशिक कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्र
-१५ भन्दा बढी मुलुकबाट रेमिट्यान्स सेवा सञ्चालन
-“बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४” को विजेता
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्याउने प्रतिबद्धता जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया