मोरंग, १६ चैत – संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।
विद्यालयमा अध्ययनरत दलित, जनजाति, अनाथ तथा विपन्न वर्गका १५० भन्दा बढी विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन बैंकले यो सहयोग गरेको हो। विद्यालयले अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षा दिँदै आएको छ।
सहयोग हस्तान्तरण समारोह
विद्यालयमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेश राज पोखरेलले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै पोखरेलले “शिक्षामा प्रविधिको पहुँच बढाउनु बैंकको सामाजिक दायित्व हो” भन्दै विद्यार्थीहरूको उज्जवल भविष्यका लागि सानो योगदान दिन पाउँदा खुसी लागेको बताए।
उनले थपे, “सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्नेछ।”
विद्यालय व्यवस्थापनले सिटिजन्स बैंकको सहयोगले विद्यार्थीहरूलाई डिजिटल सिकाइ प्रक्रियामा सहजता ल्याउने विश्वास व्यक्त गरेको छ। बैंकको यस कदमलाई स्थानीय समुदायले पनि सकारात्मक रूपमा लिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया