काठमाडौं । ग्राहकलाई डिजिटल बैंकिङ्गमा सुरक्षित र सहज अनुभव दिलाउँदै आएको महालक्ष्मी विकास बैंकले भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’बाट ‘ग्राहक केन्द्रित बैंक’ अवार्ड प्राप्त गरेको छ।
बैंकले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिँदै आधुनिक वित्तीय प्रविधिको प्रयोगमा निरन्तर सुधार गर्दै आएको छ। सुरक्षित डिजिटल बैंकिङ्ग सुविधा प्रदान गर्न निर्वाह गरेको भूमिकाका कारण अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो।
विजनेश कनेक्ट म्यागजिनले विश्वभरका नवप्रवर्तनशील व्यवसाय तथा प्रभावशाली संस्थाहरूलाई कभर स्टोरीका रूपमा प्रस्तुत गर्दै आइरहेको छ। महालक्ष्मी विकास बैंकले प्राप्त गरेको यो सम्मानले बैंकको अन्तर्राष्ट्रिय पहिचान मात्र स्थापित गर्दैन, आगामी दिनमा वित्तीय पहुँचबाट बाहिर रहेका नेपालीलाई समेत बैंकिङ्ग प्रणालीमा ल्याउने अभियानलाई टेवा पुग्ने बैंकको विश्वास छ।
नवीन प्रविधिसँग सँगै अघि बढ्दै, बैंकले हालै ‘महालक्ष्मी स्मार्ट साथी’ नामक मोबाइल एप्लिकेसन परिष्कृत गर्दै डिजिटल बैंकिङ्गलाई अझ सहज बनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया