काठमाडौं — मुक्तिनाथ विकास बैंकले शैक्षिक क्षेत्रमा आफ्नो पहुँच थप विस्तार गर्दै साउथवेस्ट्रन बिजनेश कलेजसँग दीर्घकालीन सहकार्यको थालनी गरेको छ। बिहीबार दुवै संस्थाबीच बैंकिङ साक्षरता, इन्टर्नशिप, वित्तीय शिक्षा र व्यवसायिक अभ्यास आदानप्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
सम्झौता अनुसार, बैंकले कलेजका विद्यार्थीहरूलाई आधुनिक बैंकिङ प्रणाली, डिजिटल कारोबार, वित्तीय योजना, लगानी चेतना र साइबर सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्नेछ। साथसाथै, योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप, तालिम र रोजगारीको अवसरसमेत प्रदान गरिनेछ।
बैंकको विश्वास छ— यो सहकार्यले विद्यार्थीको व्यवहारिक ज्ञानमा वृद्दि गर्दै वित्तीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउनेछ।
यसैबीच, बैंकले ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएर ग्राहकलाई मोबाइलबाटै खाता खोल्ने, कर्जा आवेदन दिने, क्यूआर स्क्यान गरी भुक्तानी गर्ने लगायतका डिजिटल सेवा प्रदान गरिरहेको छ। अब बैंकिङ्ग मात्र शाखामै होइन, शिक्षालयसम्म पनि पुग्ने दिन सुरु भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया