काठमाडौं, चैत २५ — अब लगानीकर्ताले स्थिर आम्दानीको नयाँ अवसर पाएका छन्। एनआईसी एशिया बैंक लिमिटेडले ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर–२०९१’ नामक १० वर्षे ऋणपत्र आजदेखि बिक्री खुला गरेको छ। कुल ५ अर्ब रुपैयाँ बराबरको यो ऋणपत्र बैंकिङ क्षेत्रको हालको ठूलो सार्वजनिक निर्गमनमध्ये एक हो।
ऋणपत्रका मुख्य विशेषताहरू:
-
अवधि: १० वर्ष
-
ब्याजदर: वार्षिक ७%
-
अंकित मूल्य: प्रतिकित्ता १,००० रुपैयाँ
-
कुल कित्ता: ५० लाख युनिट
बैंकका अनुसार, सार्वजनिक निष्कासन अन्तर्गत २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ, भने बाँकी ३० लाख कित्ता व्यक्तिगत तबरबाट (Private Placement) बिक्री गरिनेछ। सर्वसाधारणका लागि खुला गरिएको भागबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोष (Mutual Funds) लाई छुट्याइएको छ।
आवेदन विवरण:
-
न्यूनतम आवेदन: २५ कित्ता
-
अधिकतम आवेदन: २५ लाख कित्ता
-
सुबिधा: सी–आस्बा सेवा प्रयोग गरेर जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखाबाट आवेदन दिन सकिने
निष्कासन बन्द मिति:
-
छिटोमा: चैत २८ गते
-
ढिलोमा: वैशाख ८ गते, बैंकिङ समयसम्म
-
बिक्री तथा निष्कासनको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गरिरहेको छ। लगानीकर्ताका लागि सुरक्षित, स्थिर र आकर्षक ब्याजदर पाउने माध्यमका रूपमा यो ऋणपत्रले मध्यम र दीर्घकालीन लगानीकर्तालाई लक्षित गरेको देखिन्छ।
प्रतिक्रिया