काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ ।
नियमित आम्दानी प्राप्तगर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका,निश्चित आम्दानी भएका कृषक, सानाउद्यमीव्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्तगर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामकदुई निक्षेप खाता संचालनमा ल्याएको हो ।
न्यूनतम रु. एकहजार मै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मागर्न सकिनेछ । सेञ्चुरी रिकरिङ्ग मुद्धतीमाखाताखोल्दाकै बखतको व्याज दर प्रदानगरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समय–समयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखामार्फत खाताखोल्न सकिनेछ ।
आधुनिक प्रविधिको माध्यमबाट देशकादुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिग सेवाप्रदानगर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवाप्रदानगर्दै आइरहेको छ ।
प्रतिक्रिया