काठमाडौं। नेपाली नागरिकको जीवनमा आफ्नै घर बनाउने सपना साकार पार्न नबिल बैंकले ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ योजना ल्याएको छ। घर बनाउने चाहना बोकेका लाखौं नेपालीका लागि यो योजना एक ऐतिहासिक अवसरका रूपमा आएको छ। ६.६५ प्रतिशत वार्षिक फ्लोटिङ ब्याजदर, ३५ वर्षसम्मको लोन अवधि, न्यूनतम किस्ताबन्दी, छुटसहितको प्रशासनिक शुल्क र आजीवन निःशुल्क क्रेडिट कार्ड जस्ता विशेषताले नबिलको उक्त योजना नेपाली बजारमै सबैभन्दा प्रतिस्पर्धी र आकर्षक बनेको छ।
घर बनाउने सपना, अब सहज र सुलभ
सामान्य व्यवसाय गर्ने वा जागिर खाने मानिसले आफ्नो जीवनभरको कमाइ वचत गरेर पनि घर बनाउन कठिन छ । आफूसँग भएको केही रकमले घर बनाउन सम्भव पनि हुँदैन । बढ्दो महंगीले बचत गर्ने हम्मेहम्मे पर्ने अवस्थामा थोरै थोरै रकम जम्मा गरेर घर बनाउन कठिन हुन सक्छ । नेपालमा घर बनाउने चाहना राख्ने धेरै परिवार आर्थिक अभाव, महँगी तथा लामो समयसम्मको बचत गर्न नसक्ने समस्याले आफ्नो सपना अधुरो राख्न बाध्य छन्। बढ्दो शहरीकरण, परिवारको विस्तार तथा सुरक्षित बसोबासको आवश्यकता झन् बढ्दै गएको छ। यसै सन्दर्भमा नबिल बैंकको अफोर्डेबल हाउजिङ लोनले सीमित आम्दानी भएका परिवारदेखि मध्यम वर्गसम्मका ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदर र लचिलो किस्ताबन्दीमा घर बनाउने अवसर दिएको छ।
६.६५% फ्लोटिङ ब्याजदर – बजारमै सबैभन्दा आकर्षक
तपाईसँग जग्गा छ, केही रकम पनि छ । तर त्यति रकमले घर बनाउन सम्भव नभएर आफ्नो घर बनाउने सपनालाई यतिकै थन्क्याएर राख्नुभएको छ भने तपाईंको घर बनाउने सपना नबिल बैंकले पूरा गरिदिने भएको छ । त्यो पनि सस्तो । आफूसँग भएको पैसामा बैंकको ऋण थपेर घर बनाउन सकिन्छ । नबिल बैंकले अफोर्डेबल हाउजिङ लोनमा वार्षिक ६.६५% फ्लोटिङ ब्याजदर सहित घर बनाउन प्रोत्साहन गरेको छ । यो ब्याजदरलाई हालको नेपाली बैंकिङ बजारमा अत्यन्त प्रतिस्पर्धी र सुलभ मानिन्छ।
नबिल बैंकले ग्राहकलाई ३५ वर्षसम्मको लोन अवधि रोज्न सक्ने सुविधा दिएको छ। यसले मासिक किस्तालाई न्यून बनाउँछ, जसले गर्दा सीमित वा मध्यम आम्दानी भएका परिवारले पनि सजिलै आफ्नो आम्दानी अनुसार किस्ता तिर्दै घर बनाउन सक्नेछन्। बैंकका अनुसार प्रति लाख रुपैयाँ लिएको कर्जामा मासिक किस्ता केवल ६१५ रुपैयाँदेखि सुरु हुन्छ। यसले ग्राहकलाई आर्थिक बोझ नपारी दीर्घकालीन रूपमा घरको स्वामित्व दिलाउनेछ।
नबिल अफोर्डेबल हाउजिङ लोनमा प्रशासनिक शुल्कमा समेत विशेष छुट दिइएको छ। यसले ग्राहकको प्रारम्भिक खर्च घटाउँछ। थप रूपमा लोन लिने ग्राहकलाई आजीवन निःशुल्क क्रेडिट कार्ड प्रदान गरिन्छ, जसमा कुनै वार्षिक, ज्वाइनिङ वा नवीकरण शुल्क लाग्दैन। यो क्रेडिट कार्डले ग्राहकलाई घरायसी सामान खरिद, बिल तिर्ने, नगद झिक्नेजस्ता कार्यमा थप सहजता र सुविधा दिन्छ।
लोनको प्रमुख विशेषता
-
६.६५% फ्लोटिङ ब्याजदर : बजारमै सबैभन्दा कम ब्याजदर
-
३५ वर्षसम्मको लोन अवधि : दीर्घकालीन किस्ताबन्दीमा सजिलो
-
मासिक किस्ता प्रति लाखमा ६१५ रुपैयाँदेखि : न्यूनतम मासिक किस्ता
-
प्रशासनिक शुल्कमा छुट : प्रारम्भिक खर्चमा राहत
-
आजीवन निःशुल्क क्रेडिट कार्ड : थप डिजिटल सुविधा
-
छिटो र पारदर्शी प्रक्रिया : न्यूनतम कागजात र सहज आवेदन
-
देशभरका शाखाबाट सेवा : सबै शाखामा उपलब्ध
न्यूनतम १८ वर्ष उमेर पुगेका ७० वर्ष ननाघेका नेपाली नागरिकले यो लोनका लागि आवेदन दिन सक्नेछन्। ग्राहकसँग स्थायी आम्दानी स्रोत (रोजगारी, व्यवसाय) हुनुपर्छ। धितोमा राखिने सम्पत्तिमा कम्तीमा ८ फिट चौडाइको मोटर चल्ने सडक हुनुपर्छ र कानुनी विवादरहित हुनुपर्छ। आवश्यक कागजातहरूमा नागरिकता प्रमाणपत्र, आम्दानी प्रमाणपत्र, सम्पत्ति कागजात, धितो मूल्यांकन रिपोर्ट, आवेदन फाराम आदि पर्छन्।आवेदन स्वीकृत भएको खण्डमा बैंकले ६० प्रतिशतसम्म घर कर्जा उपलब्ध गराउँछ । अर्थात् तपाईंको एकाघरका सदस्यको मासिक कमाइ एक लाख रुपैयाँ छ भने मासिक ६० हजार रुपैयाँ किस्ता पर्नेसम्म मात्र ऋण बैंकहरुले दिनेछन् । १८ वर्ष पुगेका र ७० वर्षभन्दा कम उमेरकालाई बैंकले यो कर्जा दिन्छ । यस कर्जाले मध्यम र कम आय भएका व्यक्तिहरूलाई सहजता प्रदान गर्ने विश्वास बैंकको छ ।
नबिल बैंकले लोन प्रक्रिया छिटो, पारदर्शी र ग्राहकमैत्री बनाएको छ। आवेदन दिएपछि बैंकले ग्राहकको आम्दानी, कर्जा तिर्ने क्षमता, धितोको मूल्यांकन, कागजातको प्रमाणीकरण आदि छिटो गरिदिन्छ। स्वीकृत भएपछि रकम छिट्टै उपलब्ध हुन्छ। ग्राहकको आवश्यकता अनुसार लचिलो किस्ताबन्दी, समयमै सूचना, डिजिटल बैंकिङ सुविधा र देशभरका शाखाबाट सेवा उपलब्ध हुनेछ ।
प्रतिक्रिया