काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार (असार १९ गते) २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि केन्द्रीय बैंकले १० दिने अवधिको रिभर्स रिपो जारी गर्न लागेको हो।
तरलता व्यवस्थापनका राष्ट्र बैंकले १० दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो। जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार २९ गतेलाई तोकिएको छ।
जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।
रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण हुन्छ।
प्रतिक्रिया