वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुञ्जमानसिंह अस्पताललाई नेपाल बैंकको १५ लाख बढी आर्थिीक सहयोग

अर्थलगानी
२०७८ चैत्र २२, मंगलवार

काठमाडौँ । नेपाल बैंकले गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न रु.१५ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएका तथा सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको हो ।

सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पु¥याएका गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा प्रशन्नता व्यक्त गरे ।

साथै, उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्दै गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकलाई धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, बरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाल बैंकले गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न रु.१५ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएका तथा सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको हो । सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पु¥याएका गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा प्रशन्नता व्यक्त गरे । साथै, उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्दै गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकलाई धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, बरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।