वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा विशेष छुट

अर्थलगानी
२०८० श्रावण २, मंगलवार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ।

सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले ती संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन्। बैंकका ग्राहकहरुले काठमाण्डौको तीनकुनेस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट पाउनेछन्।

यसैगरी ललितपुरको भैँसेपाटीस्थित अर्बन स्माइल डेन्टल क्यर प्रालिका सेवाहरुमा अधिकतम २५ प्रतिशतसम्म र काठमाण्डौको न्युरोडस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरुमा पनि अधिकतम २५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले ती संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन्। बैंकका ग्राहकहरुले काठमाण्डौको तीनकुनेस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट पाउनेछन्। यसैगरी ललितपुरको भैँसेपाटीस्थित अर्बन स्माइल डेन्टल क्यर प्रालिका सेवाहरुमा अधिकतम २५ प्रतिशतसम्म र काठमाण्डौको न्युरोडस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरुमा पनि अधिकतम २५ प्रतिशतसम्म छुट पाउनेछन्। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ। सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।