वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एन आई सी एशिया बैंकको नयाँ वर्ष योजनाः दराज, सस्तोडिल, ग्यापु र सिजिएलजी डिजिटलका सामान खरिदमा २० प्रतिशतसम्म छुट

अर्थलगानी
२०७८ चैत्र २९, मंगलवार

काठमाडौँ । एनआईसी एशिया बैंकले नेपाली नयाँ वर्षको उपलक्ष्यमा छुट र नगद र्फिता सहितको योजना सार्वजनकि गरेको छ ।

बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद र्फिताको योजना सार्वजनिक गरेको हो ।

यस आकर्षक योजना अन्तर्गत दराजबाट चैत्र २८ देखि वैशाख ७ सम्म, सस्तोडिलबाट चैत्र २९ देखि वैशाख ३ सम्म र ग्यापुबाट चैत्र २५ देखि वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।

त्यसैगरी CG|LG Digital बाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले पिओएस तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।

देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो ।

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै मोबाईल बैंकिङ्गमार्फत चैत्र ३० का दिन क्युआर भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा सय नगद फिर्ता दिने योजना पनि सार्वजनीक गरेको छ ।

जसमा एक जना ग्राहकले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोहि दिन क्युआर गर्ने र भुक्तानी लिने १०÷१० जना ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।

बैंकले हाल ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । एनआईसी एशिया बैंकले नेपाली नयाँ वर्षको उपलक्ष्यमा छुट र नगद र्फिता सहितको योजना सार्वजनकि गरेको छ । बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद र्फिताको योजना सार्वजनिक गरेको हो । यस आकर्षक योजना अन्तर्गत दराजबाट चैत्र २८ देखि वैशाख ७ सम्म, सस्तोडिलबाट चैत्र २९ देखि वैशाख ३ सम्म र ग्यापुबाट चैत्र २५ देखि वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । त्यसैगरी CG|LG Digital बाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले पिओएस तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ । देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो । साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै मोबाईल बैंकिङ्गमार्फत चैत्र ३० का दिन क्युआर भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा सय नगद फिर्ता दिने योजना पनि सार्वजनीक गरेको छ । जसमा एक जना ग्राहकले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोहि दिन क्युआर गर्ने र भुक्तानी लिने १०÷१० जना ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ । बैंकले हाल ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।