काठमाडौँ । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ्ग कारोवार गर्ने सम्बन्धी एक सम्झौताभएको छ ।
उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवाप्रदान गर्ने व्यवस्था गरिएको छ ।
विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबीखातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुबिद्याहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदानगरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमाकर्जा प्रदान गने निःशुल्कडेविट÷क्रेडिट कार्ड सुबिधाउपलब्ध गराउने रविश्वविद्यालयको आबश्यकताअनुसार थप बैंकिङ्ग सेवा सुबिद्याउपलब्ध गराउने सम्वन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।
इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसंगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसंग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै भविश्यमाविश्वविद्यालय र बैंक बीचको यो सम्बन्धथप सुदृठ हुंदै जाने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोख्रेलले नेपालबैंक लिमिटेड पहिलो र भरपर्दो भएकोसाथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे ।
बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वित्तीय कारोवारको लागिनेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालय प्रति आभार व्यक्त गरे ।
बैंक समय संगै गतिशिलबन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उनले नेपाल बैंकका उर्जाशिल कर्मचारीहरु र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा यो बैंक प्रगतिपथमा लम्कीरहेको र सम्पूर्ण ग्राहकहरुलाई अझैउत्कृष्ट स्तरको वित्तीय सेवाप्रदानगर्दै जाने प्रतिबद्घता व्यक्त गरे ।
उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा.कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धाननिर्देशक प्रा.डा.निनराज ढकाल,पाठ्यक्रमविकास केन्द्र प्रमुखप्रा.डा.मेदनी प्रसाद शर्मा लगायत विश्वविद्यालयका अन्यपदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया