वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुराँस लघुवित्तको नाफामा ३१ प्रतिशतको गिरावट, अन्य सुचकहरु कस्ता छन?

अर्थलगानी
२०८० श्रावण १८, बिहीबार

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म आउँदा साढे २८ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.०७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको देखिन्छ। लघुवित्तको सार्वजनीक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा १७.१४ प्रतिशतको गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ६ करोड ७५ लाख ११ हजार खुद ब्याज आम्दानी गरेकोमा लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ५९ लाख ३८ हजार मात्रै खुद ब्याज आम्दानी गरेको छ।

त्यस्तै यता सञ्चालन आम्दानी भने ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ७।१० प्रतिशत घटेर ७ करोड ८७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ३२।८३ प्रतिशत घटेर ४४ लाखमा झरेको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२।२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा का्ेषमा २ करोड ५ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १.४० प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ८८ लाख रुपैयाँ निक्षेप तथा ८१ करोड ३३ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म आउँदा साढे २८ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.०७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको देखिन्छ। लघुवित्तको सार्वजनीक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा १७.१४ प्रतिशतको गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ६ करोड ७५ लाख ११ हजार खुद ब्याज आम्दानी गरेकोमा लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ५९ लाख ३८ हजार मात्रै खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै यता सञ्चालन आम्दानी भने ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ७।१० प्रतिशत घटेर ७ करोड ८७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ३२।८३ प्रतिशत घटेर ४४ लाखमा झरेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२।२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ। १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा का्ेषमा २ करोड ५ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १.४० प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ८८ लाख रुपैयाँ निक्षेप तथा ८१ करोड ३३ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।