वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन रुपैयाँ जम्मा गरेर सुरु गरेका हौँ महुली लघवित्तः अध्यक्ष चौधरी

अर्थलगानी
२०७९ बैशाख १७, शनिबार

काठमाडौँ । महुुली लघुवित्त एनजीओबाट प्रबद्धित कम्पनीहो । ‘महुली सामुदायीक विकास केन्द्र’ नामक एनजीओबाट प्रवद्धित भई स्थापित महुली लघुवित्त हाल २५ वर्षको सेरोफोरोमा रहेर सञ्चालित छ ।

समाजिक सेवाअन्तर्गत एनजीओ मार्फत २०५३÷५४ सालमा साक्षरता अभियान सञ्चालनको क्रममा यसको अवधारण आएको लघुवित्तका अध्यक्ष प्रभु नारायण चौधरी बताउँछन् ।

“निम्नवर्ग, दलित, गरिब लगायतलाई लक्षित गरेर एनजीओ मार्फत ९ वटा गाविसमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो तर, जसको लागि उक्तकार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरु बिना लगानी पनि पढ्नका लागि तत्पर थिएनन् । किन तत्पर भएनन् भनेर अनुगमनगर्ने क्रममा ३÷४ दिन देखि भोकै बसेको बताउँदै भोको पेट कसरी पढ्न आउने ?भन्ने प्रश्न आए,”अध्यक्ष चौधरीले भने, “त्यसपछि यसैबाट प्रभावित भएर समस्या समाधान गर्ने बाटा अपनाउँदै आउँदा अहिलेको लघुवित्त बन्यो ।”

सुरुमाबचत र ऋणलाई प्रोत्साहनगर्ने गरि कार्यक्रम अगाडी बढाईएको थियो । अध्यक्ष चौधरीका अनुसार औपचारिक रुपमा महुलीको स्थापना २०५४ साल असोज ४ गतेको दिनभएको थियो । जतिबेला त्यतिबेला लघुवित्तका लागि कुनै ऐन कानुन थिएनन् । यद्यपी त्यो समयमा अहिलेको लघुवित्त लघुवित्तको रुप हो भन्ने पनि थाहा थिएन ।

स्थापनाकै दिन गाउँमा ३० जनालाई भेला गराएरमासिक ३ रुपैयाँ बचत संकलनगर्ने अवधारणा ल्याएको अनुभव उनी सुनाउँछन् । सासै सोहीदिन नै उक्ततीसस जना सदस्यहरुबाट ९० रुपैयाँ संकलन गरेकोउनी बताउँछन् ।

यहिअ वधारणलाई अगाडी बढाउने क्रममा २ हजार रुपैयाँ संकलनगर्न सफल भएपछि पहिलो पटक सोही वर्षको माघ २० गते उक्त रकम व्यक्तिलाई ऋणमा दिएर लगानी सुभारम्भ भएको थियो ।
पछि २०५५ मा आउँदा ‘माईक्रो क्रेडिट फर वुमन’भन्ने प्रजोक्टले थप सजिकरण तथा सहयोग गरेको उनी बताउँछन् ।

उक्त प्रोजेक्टको नेतृत्व गरेका ज्योतिचौलागाईले पहिलो अनुदान ७५ हजार रुपैयाँप्रदान गरेका थिए । त्यसपछि पनि सोही प्रोजेक्टबाट क्रमश धेरै सहयोगहरु आएको उनको भनाई छ ।

यसरी स्थापना भएको करिब दुई वर्षपछि भने कानुनी दायरामा आबद्धता जनाएको थियो । अध्यक्ष चौधरीले ०५५ सालको पुस तिरको समयमा तत्कालिन राष्ट्र बैंकका महानिर्देशक अजुर्न बाबु तिवारीसँग भेट भएपछि कानुनी दायरामा जाने पहिलो बहस भएको बताउँछन् ।

“महानिर्देशक तिवारीले यात्राको क्रममा हाम्रो बोर्ड देख्नुभएछ । त्यतिबेला नाम तथा पहिचानका लागि हामीले ‘बचत तथा ऋण कार्यक्रम’ लेखेर बोर्ड राखेका थियौँ । त्यहि देखेर उहाँ गाडी रोकेर यहाँ आउनु भयो । सुरुमा लाइसेन्स बिना किन सञ्चालन गरेको तथा एनजीओको कार्यक्षेत्रभित्र बचत तथा ऋण नपर्ने कुरा गर्नु भयो, कागजात पनि माग्नु भयो । करिब ४ घण्टाको कुराकानी पश्चात यसका लागि ऐन बन्दै गरेको जानकारी गराउँदै दर्ता हुनको लागिआग्रह र आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो,” उनले भने, “त्यसको करिब तीन महिना पछि उहाँले दिएको भिजिटिङ्ग कार्ड लिएर राष्ट्र बैंक गए, उहाँकै सहयोगमा फाइनान्सीयल इन्टरमिटिएट (एफआई)को लाइसेन्स लिएको थिए ।”

औपचारिक दायरमा आएपछि गाविस स्तरीयविस्तारको लागि सप्तरिको ४ वटा गाविस हुँदै २०५८ मा आउँदा जिल्लाभर सेवाविस्तार गर्ने अनुमतिपाएको उनको भनाई छ । उनका अनुसार व्यावसायीक सेवा विस्तारको क्रममा २०६३ मा ३ जिल्ला र २०६४ सालमा ४ जिल्लामा सेवाविस्तार गर्ने अनुमति पाएको थियो ।
यद्यपी यो अवधिसम्म पनी कम्पनीले लघुवित्त कम्पनीको नमुनाको रुपमा काम गरेको थियो तर औपचारिकता भने पाएको थिएन ।

यता राष्ट्र बैंकले डि क्लासको बैंक तथा वित्तिय संस्थाको लागि भनेर कानुन ल्याईसकेपछि विं.सं. २०७० सालमा कम्पनीले लाइसेन्स प्राप्त गरेको थियो । त्यसपश्चात कम्पनीले राष्ट्र बैंकद्धारा नियमनभई लघुवित्तको रुपमा कामगर्दै आईरहेको छ ।

केन्द्रीय कार्यालय सप्तरीको अग्नीसाइर कृष्णासवरण वडा नम्बर ६, महुलीमा रहेको यो लघवित्तको सुरुवातपनि त्यहिबाटै भएको हो । यसरी सञ्चालनमा आएको लघुवित्तले हाल ३५ जिल्लाबाट ६५ शाखाहरुद्धारा सेवा प्रवाह गर्दै आईरहेको छ । हाल लघुवित्तमा करिब ८० हजार परिबार आबद्ध रहेको अध्यक्ष चौधरीले बताए ।
महुली सामाजिक सेवाको लागि लघुवित्तको संस्कारबाट सञ्चालित कम्पनी भएको कारण व्यावसाय भन्दा पनि सेवामा विस्वास गर्ने तथा समपर्ण रहेको उनी बताउँछन् ।

विगतका आन्दोलन तथा प्राकृतिक प्रकोपहरुमा पनि कम्पनीको नाफा नहेरी सेवामा रहेको लागीरहेको उनको भनाई छ । उनले भने “भुकम्प तथा कोरोना काल जस्तो संकटको अवस्थामा पनि हामीले सेवा प्रवाह ठप्प पारेनौँ । अन्य ठूला ठूला बैंकहरु बन्दहुँदा समेत हामीले हाम्रा ऋणीहरुलाई अप्ठ्यारो नहोस भनेर केन्द्रीय कार्यालय अनिवार्य र शाखाहरुबाट पनि सेवाप्रवाह गरेका थियौँ ।”

नाफामुलक नरहेपनि प्रतिफलपनि राम्रो दिईरहेको कारण पछिल्लो समय लगानीकर्ता आकर्षित रहेको उनी बताउँछन् । अल्पकालिन अधिकतम नाफामा केन्द्रीत नभई दिर्घकालिन रुपमा निरन्तर नाफा चाहनेहरुले यो कम्पनीमा लगानी गर्ने बताउँदै उनले संस्था बलियो भएमा मात्रै यो सम्भव रहने विस्वास व्यक्त गरे । सेवा मुलक भएर काम गरिरहँदा ग्राहकमा विस्वासका साथसाथै कम्पनीको व्यावसायमा पनि वृद्धि भएको उनीको दाबी छ ।

साथै बैंक तथा वित्तिय संस्थाले मुद्दति खातामा दिने व्याजदर र मुद्रा स्फिति दर भन्दाथोरै मात्रै पनि बढी प्रतिफल दियमा पनि लगानीकर्ता आकर्षक हुने उनको विस्वास छ । लघुवित्तको बजारमा पुजीँपतिहरुको आगमनले पुजीँमा अन्य कम्पनीहरुसँग पतिश्पर्धा गर्न नसकेपनि लघुवित्तको संस्कारमा महुली बलियो भएको बताउँछन् । पुजीँपतिहरुबाट स्थापित लघुवित्त नाफामा बढी प्राथमिकता दिने हुँदाकुनै विपत्ती आईपरेमा आगामी दिनहरुमा विलय हुने तर सेवामा लागिरहने लघुवित्तका लागि सदस्य तथा ग्राहकको विस्वास नै संकट पंछाउने हतियार बन्ने उनको विस्वास छ ।
केही समय लाभांश बढी दिएर आकर्षण बढाउने भन्दा पनि न्युनतम २० प्रतिशत लाभांश नघटाउने गरि कामगर्ने उनको योजना छ ।

सुकुम्बासीलाई घर
लघुवित्तका अध्यक्षचौधरीले घरबिहीन लघुवित्तका सदस्यहरुलाई घर बनाईदिएका छन् । चौधरीकै पहलमा स्थानीय सरकारलाई जग्गामागेर उक्त घरहरु बनाईएको हो ।
घर बनाउनको लागिभने ह्याविट्याट फर ह्यूमानिटिले पनि सहयोग गरेको छ ।
त्यसमालाग्ने खर्चको ६० प्रतिशत ह्याविट्याट फर ह्यूमानिटिले दिने छ भने बाँकीउनले आफैले तिरेकाहुन् । यद्यपीचौधरी आफैले ह्याविट्याट फर ह्यूमानिटिका सञ्चालन समितिकाअध्यक्ष क्रिस्टियाना स्मिथ शिलाई सहयोगको लागिअपिल गरेकाहुन् ।
जग्गाको उपलब्धताका साथै खर्च व्यवस्थापनकालागी पूर्ण पहल गरेर चौधरीले ४५ सय घर बनाईदिएकाहुन् । त्यसध्ये कतिपय घर हस्तान्तरण गर्न बाँकी छ भने केही घरहरु हस्तान्तरण गरिसकेका छन् ।
उनले आफ्नो कान्छा छोेरा प्रकाश चौधरीको दुर्घटनामा मृत्यु भएपछि उनकै सम्झनामा उक्त घरहरु बनाउनपहल गरेकाहुन् ।
आवास अस्तान्तरण गरेपछि उनीहरुको व्यावसायीक प्रयोजनका लागि भने महुली लघुवित्तले सहयोग गर्ने छ । कम्पनीका सिईओ गंगाधर पाण्डेका अनुसार उनीहरुलाई व्यावसायीक प्रयोजन तथा शिक्षा स्वास्थ्यका लागि लघुवित्तले आर्थिक सहयोग गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । महुुली लघुवित्त एनजीओबाट प्रबद्धित कम्पनीहो । ‘महुली सामुदायीक विकास केन्द्र’ नामक एनजीओबाट प्रवद्धित भई स्थापित महुली लघुवित्त हाल २५ वर्षको सेरोफोरोमा रहेर सञ्चालित छ । समाजिक सेवाअन्तर्गत एनजीओ मार्फत २०५३÷५४ सालमा साक्षरता अभियान सञ्चालनको क्रममा यसको अवधारण आएको लघुवित्तका अध्यक्ष प्रभु नारायण चौधरी बताउँछन् । “निम्नवर्ग, दलित, गरिब लगायतलाई लक्षित गरेर एनजीओ मार्फत ९ वटा गाविसमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो तर, जसको लागि उक्तकार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरु बिना लगानी पनि पढ्नका लागि तत्पर थिएनन् । किन तत्पर भएनन् भनेर अनुगमनगर्ने क्रममा ३÷४ दिन देखि भोकै बसेको बताउँदै भोको पेट कसरी पढ्न आउने ?भन्ने प्रश्न आए,”अध्यक्ष चौधरीले भने, “त्यसपछि यसैबाट प्रभावित भएर समस्या समाधान गर्ने बाटा अपनाउँदै आउँदा अहिलेको लघुवित्त बन्यो ।” सुरुमाबचत र ऋणलाई प्रोत्साहनगर्ने गरि कार्यक्रम अगाडी बढाईएको थियो । अध्यक्ष चौधरीका अनुसार औपचारिक रुपमा महुलीको स्थापना २०५४ साल असोज ४ गतेको दिनभएको थियो । जतिबेला त्यतिबेला लघुवित्तका लागि कुनै ऐन कानुन थिएनन् । यद्यपी त्यो समयमा अहिलेको लघुवित्त लघुवित्तको रुप हो भन्ने पनि थाहा थिएन । स्थापनाकै दिन गाउँमा ३० जनालाई भेला गराएरमासिक ३ रुपैयाँ बचत संकलनगर्ने अवधारणा ल्याएको अनुभव उनी सुनाउँछन् । सासै सोहीदिन नै उक्ततीसस जना सदस्यहरुबाट ९० रुपैयाँ संकलन गरेकोउनी बताउँछन् । यहिअ वधारणलाई अगाडी बढाउने क्रममा २ हजार रुपैयाँ संकलनगर्न सफल भएपछि पहिलो पटक सोही वर्षको माघ २० गते उक्त रकम व्यक्तिलाई ऋणमा दिएर लगानी सुभारम्भ भएको थियो । पछि २०५५ मा आउँदा ‘माईक्रो क्रेडिट फर वुमन’भन्ने प्रजोक्टले थप सजिकरण तथा सहयोग गरेको उनी बताउँछन् । उक्त प्रोजेक्टको नेतृत्व गरेका ज्योतिचौलागाईले पहिलो अनुदान ७५ हजार रुपैयाँप्रदान गरेका थिए । त्यसपछि पनि सोही प्रोजेक्टबाट क्रमश धेरै सहयोगहरु आएको उनको भनाई छ । यसरी स्थापना भएको करिब दुई वर्षपछि भने कानुनी दायरामा आबद्धता जनाएको थियो । अध्यक्ष चौधरीले ०५५ सालको पुस तिरको समयमा तत्कालिन राष्ट्र बैंकका महानिर्देशक अजुर्न बाबु तिवारीसँग भेट भएपछि कानुनी दायरामा जाने पहिलो बहस भएको बताउँछन् । “महानिर्देशक तिवारीले यात्राको क्रममा हाम्रो बोर्ड देख्नुभएछ । त्यतिबेला नाम तथा पहिचानका लागि हामीले ‘बचत तथा ऋण कार्यक्रम’ लेखेर बोर्ड राखेका थियौँ । त्यहि देखेर उहाँ गाडी रोकेर यहाँ आउनु भयो । सुरुमा लाइसेन्स बिना किन सञ्चालन गरेको तथा एनजीओको कार्यक्षेत्रभित्र बचत तथा ऋण नपर्ने कुरा गर्नु भयो, कागजात पनि माग्नु भयो । करिब ४ घण्टाको कुराकानी पश्चात यसका लागि ऐन बन्दै गरेको जानकारी गराउँदै दर्ता हुनको लागिआग्रह र आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो,” उनले भने, “त्यसको करिब तीन महिना पछि उहाँले दिएको भिजिटिङ्ग कार्ड लिएर राष्ट्र बैंक गए, उहाँकै सहयोगमा फाइनान्सीयल इन्टरमिटिएट (एफआई)को लाइसेन्स लिएको थिए ।” औपचारिक दायरमा आएपछि गाविस स्तरीयविस्तारको लागि सप्तरिको ४ वटा गाविस हुँदै २०५८ मा आउँदा जिल्लाभर सेवाविस्तार गर्ने अनुमतिपाएको उनको भनाई छ । उनका अनुसार व्यावसायीक सेवा विस्तारको क्रममा २०६३ मा ३ जिल्ला र २०६४ सालमा ४ जिल्लामा सेवाविस्तार गर्ने अनुमति पाएको थियो । यद्यपी यो अवधिसम्म पनी कम्पनीले लघुवित्त कम्पनीको नमुनाको रुपमा काम गरेको थियो तर औपचारिकता भने पाएको थिएन । यता राष्ट्र बैंकले डि क्लासको बैंक तथा वित्तिय संस्थाको लागि भनेर कानुन ल्याईसकेपछि विं.सं. २०७० सालमा कम्पनीले लाइसेन्स प्राप्त गरेको थियो । त्यसपश्चात कम्पनीले राष्ट्र बैंकद्धारा नियमनभई लघुवित्तको रुपमा कामगर्दै आईरहेको छ । केन्द्रीय कार्यालय सप्तरीको अग्नीसाइर कृष्णासवरण वडा नम्बर ६, महुलीमा रहेको यो लघवित्तको सुरुवातपनि त्यहिबाटै भएको हो । यसरी सञ्चालनमा आएको लघुवित्तले हाल ३५ जिल्लाबाट ६५ शाखाहरुद्धारा सेवा प्रवाह गर्दै आईरहेको छ । हाल लघुवित्तमा करिब ८० हजार परिबार आबद्ध रहेको अध्यक्ष चौधरीले बताए । महुली सामाजिक सेवाको लागि लघुवित्तको संस्कारबाट सञ्चालित कम्पनी भएको कारण व्यावसाय भन्दा पनि सेवामा विस्वास गर्ने तथा समपर्ण रहेको उनी बताउँछन् । विगतका आन्दोलन तथा प्राकृतिक प्रकोपहरुमा पनि कम्पनीको नाफा नहेरी सेवामा रहेको लागीरहेको उनको भनाई छ । उनले भने “भुकम्प तथा कोरोना काल जस्तो संकटको अवस्थामा पनि हामीले सेवा प्रवाह ठप्प पारेनौँ । अन्य ठूला ठूला बैंकहरु बन्दहुँदा समेत हामीले हाम्रा ऋणीहरुलाई अप्ठ्यारो नहोस भनेर केन्द्रीय कार्यालय अनिवार्य र शाखाहरुबाट पनि सेवाप्रवाह गरेका थियौँ ।” नाफामुलक नरहेपनि प्रतिफलपनि राम्रो दिईरहेको कारण पछिल्लो समय लगानीकर्ता आकर्षित रहेको उनी बताउँछन् । अल्पकालिन अधिकतम नाफामा केन्द्रीत नभई दिर्घकालिन रुपमा निरन्तर नाफा चाहनेहरुले यो कम्पनीमा लगानी गर्ने बताउँदै उनले संस्था बलियो भएमा मात्रै यो सम्भव रहने विस्वास व्यक्त गरे । सेवा मुलक भएर काम गरिरहँदा ग्राहकमा विस्वासका साथसाथै कम्पनीको व्यावसायमा पनि वृद्धि भएको उनीको दाबी छ । साथै बैंक तथा वित्तिय संस्थाले मुद्दति खातामा दिने व्याजदर र मुद्रा स्फिति दर भन्दाथोरै मात्रै पनि बढी प्रतिफल दियमा पनि लगानीकर्ता आकर्षक हुने उनको विस्वास छ । लघुवित्तको बजारमा पुजीँपतिहरुको आगमनले पुजीँमा अन्य कम्पनीहरुसँग पतिश्पर्धा गर्न नसकेपनि लघुवित्तको संस्कारमा महुली बलियो भएको बताउँछन् । पुजीँपतिहरुबाट स्थापित लघुवित्त नाफामा बढी प्राथमिकता दिने हुँदाकुनै विपत्ती आईपरेमा आगामी दिनहरुमा विलय हुने तर सेवामा लागिरहने लघुवित्तका लागि सदस्य तथा ग्राहकको विस्वास नै संकट पंछाउने हतियार बन्ने उनको विस्वास छ । केही समय लाभांश बढी दिएर आकर्षण बढाउने भन्दा पनि न्युनतम २० प्रतिशत लाभांश नघटाउने गरि कामगर्ने उनको योजना छ । सुकुम्बासीलाई घर लघुवित्तका अध्यक्षचौधरीले घरबिहीन लघुवित्तका सदस्यहरुलाई घर बनाईदिएका छन् । चौधरीकै पहलमा स्थानीय सरकारलाई जग्गामागेर उक्त घरहरु बनाईएको हो । घर बनाउनको लागिभने ह्याविट्याट फर ह्यूमानिटिले पनि सहयोग गरेको छ । त्यसमालाग्ने खर्चको ६० प्रतिशत ह्याविट्याट फर ह्यूमानिटिले दिने छ भने बाँकीउनले आफैले तिरेकाहुन् । यद्यपीचौधरी आफैले ह्याविट्याट फर ह्यूमानिटिका सञ्चालन समितिकाअध्यक्ष क्रिस्टियाना स्मिथ शिलाई सहयोगको लागिअपिल गरेकाहुन् । जग्गाको उपलब्धताका साथै खर्च व्यवस्थापनकालागी पूर्ण पहल गरेर चौधरीले ४५ सय घर बनाईदिएकाहुन् । त्यसध्ये कतिपय घर हस्तान्तरण गर्न बाँकी छ भने केही घरहरु हस्तान्तरण गरिसकेका छन् । उनले आफ्नो कान्छा छोेरा प्रकाश चौधरीको दुर्घटनामा मृत्यु भएपछि उनकै सम्झनामा उक्त घरहरु बनाउनपहल गरेकाहुन् । आवास अस्तान्तरण गरेपछि उनीहरुको व्यावसायीक प्रयोजनका लागि भने महुली लघुवित्तले सहयोग गर्ने छ । कम्पनीका सिईओ गंगाधर पाण्डेका अनुसार उनीहरुलाई व्यावसायीक प्रयोजन तथा शिक्षा स्वास्थ्यका लागि लघुवित्तले आर्थिक सहयोग गर्ने छ ।