काठमाडौँ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४.८७ प्रतिशतले घटेर २२ करोड १४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। एक वर्षको अवधिमा खराब कर्जा ह्वातै बढेको तथा सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो।
खुद ब्याज आम्दानी १४.८६ प्रतिशतले घटेर १ अर्ब १५ करोड ९७ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा ६४.८९ प्रतिशतले घटेर ३७ करोड ४३ लाख ६२ हजार रुपैयाँमा आएको छ। खराब कर्जा २.४३ प्रतिशतले बढेर ४।२६ प्रतिशतले पुगेको छ।
असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ६८ पैसाले घटेर २० रुपैयाँ ९८ पैसामा आएको छ । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता ७२.५९ प्रतिशत छ । वितरणयोग्य नाफा ७६ करोड ६२ लाख ४९ हजार रुपैयाँ छ।
प्रतिक्रिया