वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले गर्याे विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही,कुन कुन बैंक परे कारबाहीमा ?

अर्थलगानी
२०८० आश्विन ११, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ११ वटा विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । गत वर्ष बैंक तथा फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकका विभिन्न ऐन तथा निर्देशन पालना नगरेपछि करोडौं रुपैयाँ कारवाही तथा जरिवाना गरेको हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्ष ६ वटा विकास बैंक र ५ वटा फाइनान्स कम्पनीबाट साढे २ करोड रुपैयाँ जरिवाना तिराएको हो । राष्ट्र बैंकका ऐन तथा निर्देशन विपरित गतिविधि गरेका कारण राष्ट्र बैंकले ११ बैंक तथा वित्तबाट २ करोड ५७ लाख ३४ हजार रुपैयाँ जरिवाना तिराएको तथ्याङ्कले देखाएको छ ।

गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएपछि कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेकन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकलाई २ करोड ३९ लाख १९ हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ११ वटा विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । गत वर्ष बैंक तथा फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकका विभिन्न ऐन तथा निर्देशन पालना नगरेपछि करोडौं रुपैयाँ कारवाही तथा जरिवाना गरेको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्ष ६ वटा विकास बैंक र ५ वटा फाइनान्स कम्पनीबाट साढे २ करोड रुपैयाँ जरिवाना तिराएको हो । राष्ट्र बैंकका ऐन तथा निर्देशन विपरित गतिविधि गरेका कारण राष्ट्र बैंकले ११ बैंक तथा वित्तबाट २ करोड ५७ लाख ३४ हजार रुपैयाँ जरिवाना तिराएको तथ्याङ्कले देखाएको छ । गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएपछि कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेकन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकलाई २ करोड ३९ लाख १९ हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।