काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरुलाई नियमित काममा फर्कन आग्रह गरेको छ। लघुवित्तको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिने तयारी गरिरहेका कर्मचारीलाई जायज मागहरु पुरा गर्ने भन्दै काममा फर्किन आग्रह गरेको हो ।
लघुवित्तद्धारा कर्मचारीलाई पठाएको अनुरोध पत्रमा कर्मचारीले लगाएका केही आरोपहरु स्वीकार सहित अन्य केही मागहरु पक्रिया पुर्याई सम्बोधन गर्ने जनाउँदै नियमित काममा फर्कन अनुरोध गरिएको छ।
‘निरीक्षणका क्रममा थोरै समयमा धेरै बटा शाखा कार्यालयको निरीक्षण गर्ने उद्देश्यले कार्यालय समय भन्दा केही ढिलासम्म शाखामा उपस्थित जनाईएको स्वीकार गर्दै आरोप लगाईए जस्तो कुनै पनि गतिविधि नभएको स्पष्ट पार्दछौं।’ उक्त पत्रमा लेखिएको छ,‘तलव भत्तामा विभेद गरिएको सन्दर्भमा संयुक्त मर्जर समितिको निर्णयानुसार कम्तिमा पनि १ वर्ष भित्र कर्मचारीको तलव भत्ता समायोजन गर्नुपर्ने विषयमा वित्तीय संस्थाको व्यवस्थापन प्रतिबद्ध रहेको अवगत गर्दै अन्य सेवा सुविधा कर्मचारी सेवा विनियमावली बमोजिम नै सम्पूर्ण कर्मचारीहरुलाई प्रदान गरिरहेको समेत अवगत गर्दछौं।’
वित्तीय सेवा एउटा अत्यावश्यक क्षेत्र रहेकोले बन्द हडताल जस्तो कार्य गरिनु निन्दनीय रहेको भन्दै लघुवित्तले समग्र कर्मचारीहरुलाई गैर कानुनी कार्य गर्न बन्द गरी नियमित रुपमा काममा लाग्न भनेको छ।
राष्ट्र उत्थानलाई प्राप्ती गरेपछि कर्मचारी व्यवस्थापन गर्न नसक्दा आशा लघुवित्तका कर्मचारीले आन्दोलनको तयारी सहित संयुक्त राजीनामा दिएका थिए। शुक्रबार हेटौडामा २ सय कर्मचारी उपस्थित भई संयुक्त राजीनामा दिएका हुन।
प्रतिक्रिया